Ad Area

देउखुरीमा क्याम्पस स्तरीय कविता प्रतियोगिता सम्पन्न


लमही, ३० जेठ। लमहीमा क्याम्पस स्तरीय कविता प्रतियोगिता भएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीय कविता प्रतियोगिता भएको हाे ।
सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता तथा क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यमा शुक्रबार भएको प्रतियोगितामा देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत ११ जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा नरेन्द्र चौधरी प्रथम, हिमाल भट्टराई द्वितीय, डोमबहादुर पुन मगर तृतीय र बिमला पोख्रेल सान्त्वना हुँदै पुरस्कृत भएका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा मञ्चका सल्लाहकार एवम् कार्यक्रम संयोजक उप प्राध्यापक हरेकृष्ण ज्ञवाली, थारु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिला र साहित्यकार गिरिराज खनाल रहनुभएको थियो ।

देउखुरी बहुमुखी क्याम्पस अतिरिक्त क्रियाक्लाप संयोजक उप प्राध्यापक बिनोद भट्टराईले संयोजन गर्नुभएको कार्यक्रममा साहित्यकारहरु शेषमणि शर्मा घिमिरे, सूर्यराज गौतम, युवराज भण्डारीलगायतले रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्य मञ्चका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष हरि पोख्रेल, बाल प्रतिभा पुरस्कारका संस्थापक एवम् आजीवन सदस्य बिष्णा शर्मा, प्रलेस दाङका उपाध्यक्ष रेशम बिसी, उप प्राध्यापक भेषराज पोख्रेल, उप प्राध्यापक प्रदिप पुलामी, भवन निर्माण सहयोगदाता तथा आजीवन सदस्य बिष्णुप्रसाद घिमिरे र निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष साहित्यकार खगेश्वर शर्माको विशेष उपस्थिति रहेको थियो ।
मञ्चकी कोषाध्यक्ष दीपा केसीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव बालमुकुन्द आचार्यले भएको थियो ।