तुलसीपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

दाङ, १५ साउन । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा विहीवार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ निवासी करिव १५ बर्षीय सविन भण्डारी र सोही ठाउँका निवासी १७ बर्षीय मनोज रोका मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भिर घाइते दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर विहीवार बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित दुर्घटनामा परेको थियो ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ बर्षीय सुरेश चौधरी, १५ बर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बजौरी निवासी २६ बर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तुलसीपुर – १७ मानपुरका २६ बर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ ।