इन्टर स्कुल डिआईजिपी फुटवल : ज्ञानज्योति र सक्सेस एकेडेमी बिजयी
दाङ,२३ कात्तिक । दाङको घोराहीमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय इन्टर स्कुल रनिङ शिल्ड प्रतियोगिताको पाँचौ दिनका खेलमा पब्लिक ज्ञानज्योति र सप्तरंगी (सक्सेस एकेडेमी) बिजयी भएका छन् ।
घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत नेपाल पुलिस स्कुलको खेल मैदानमा भएको आइतवारको पहिलो खेलमा पब्लिक ज्ञानज्योति स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुल एकेडेमी घोराहीलाई ११–० को फराकिलो अन्तरले पराजित गरेको हो । उक्त खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने पब्लिक ज्ञानज्योति स्कुलका सरगम थापा म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसैगरी दोस्रो खेलमा सप्तरंगी (सक्सेस एकेडेमी) र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा भएको थियो । खेल निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सक्सेस एकेडेमीले ४–२ को जीत निकाल्दै प्रतियोगितामा बिजयी यात्रा सुरु गरेको हो । उक्त खेलमा सक्सेस एकेडेमीका चुरामणि राना म्यान अफ द म्याच बनेका थिए ।
नेपाल पुलिस स्कुलको आयोजनामा जारी प्रतियोगिता आइतवारका खेलहरु सकिएसँगै टप १२ मा पुग्ने टिमको टुंगो लागेको छ । जसअनुसार प्रतियोगिताको १२ मा नेपाल पुलिस स्कुल ‘ब्लु’, राप्ती मोर्डन एकेडेमी, सिद्धरत्ननाथ विद्यालय, गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी घोराही, बालविकास सेकेन्डरी स्कुल घोराही, मावि रामपुर, गोरक्षरत्ननाथ मावि चौघेरा, नेपाल पुलिस स्कुल ‘रेड’, गोरखा लमही, मावि रझेना,पब्लिक ज्ञानज्योति र सप्तरंगी (सक्सेस एकेडेमी) रहेका छन् ।

विद्यालयस्तरमा खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमेले नगद ८० हजार र उपबिजेता टिमले ४० हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता कात्तिकको १९ गतेदेखि सुरु भएको थियो ।
