Ad Area

घोराहीमा घरेलु उद्योग, सांस्कृतिक पर्यटन तथा कृषि महोत्सव हुने


दाङ, १९ फागुन । दाङमा लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक पर्यटन तथा कृषि महोत्सव २०८२ हुने भएको छ । नेपाल घरेलु तथा साथा उद्योग महासंघ दाङको आयोजनामा महोत्सव आयोजना हुने भएको छ । आयोजक संस्थाले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोराही १४ झिगौरामा फागुन २८ देखि चैत १५ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो ।

स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्धन, रोजगारी, सिर्जना तथा उद्यमशीलताको विकास, कृषि, पशुपालन र पर्यटन क्षेत्रको आधुनिकीकरण सांस्कृतिक संरक्षण, सामाजिक सद्भाव अभिवृद्धि गर्ने लगानी प्रवर्धन र आर्थिक सशक्तीकरण गर्ने महोत्वसको मुख्य उद्देश्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीले जानकारी गराएका थिए ।

महोत्सवमा विषयगत रूपमा विशेष महोत्सव कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । ‘हामीले यस पटकको महोत्सव फरक ढङ्गले सञ्चालन गर्ने योजना बनाएका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘यसले केही नयाँ सन्देश दिनेछ ।’ महोत्वसमा सिप सिक्न चाहनेलाई सिप सिकाइने, रोजगार खोज्ने र रोजगार दिने बिच प्रत्यक्ष भेटघाटको अवसर प्रदान गरिने भएको छ ।

युवाले आप्mनो नयाँ औद्योगिक आइडिया, स्टार्टअफ प्रस्तुति वा प्रोजेक्टर प्रस्तुत गर्ने, सफल उद्यमीको कथा प्रस्तुत गरिने, सामाजिक सेवामा युवाको विषय, युवालाई उद्यमशीलतामा प्रेरित गर्ने विज्ञको प्रस्तुति, लागु औषध दुव्र्यसनी सचेतना, युवाका उद्यमशिताप्रतिको चाहना सङ्कलन गरी सरोकारवालाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले बताए ।

स्थानीय उत्पादनको प्रोडक्ट लञ्च, स्वदेशी उत्पादन प्रवर्धन कार्यक्रमका लागि छलफल, औद्योगिक विकासबारे विज्ञको प्रस्तुति, औद्योगिक समस्या सङ्कलन गरी सरोकारवालालाई हस्तान्तरण, बैंक तथा वित्तीय संस्थालाई उद्यमीसँग प्रत्यक्ष भेटघाट, करसम्बन्धी जानकारी, खाद्य गुणस्तरबारे सचेतना दिइने अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसैगरी महिला उद्यमीलाई सम्मान महिला सिप प्रदर्शनी, महिला उद्यमीका समस्या सङ्कलन गरेर सरोकारवालाई बुझाउने, आधुनिक कृषि प्रविधिको प्रदर्शनी, अनलाइन व्यवसायको जानकारी, डिजिटल मार्केटिङ तथा एआईसम्बन्धी जानकारी, स्थानीय सिप र साधनको प्रयोग गरी नवीनतम सोचका साथ सञ्चालन गरिने, उद्योगबारे छलफल गरिने भएको छ ।

यसैगरी पशु तथा कृषि बिमाबारे जानकारी, निःशुल्क माटो परीक्षण, स्थानी बाजा प्रतियोगिता, स्थानीय भेषभुषा प्रतियोगिता, शिक्षण संस्था र अभिभावकबिच प्रत्यक्ष भेटघाट, बाल अधिकारबारे सचेतना, योग ध्यानको महत्वलगायतका कार्यक्रम सञ्चालन गरिनेछन् । यसैगरी स्थानीय उत्पादको प्रदर्शनी तथा बिक्री, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा करिब तीन सय स्टल रहेने भएका छन् ।

महोत्सवका लागि उपसमिति गठन

महोत्वस सञ्चालनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । पुरस्कार व्यवस्थापन तथा सम्मान समितिको संयोजकमा शशिधर वली, सरसफाइ तथा वातावरण समितिको संयोजकमा रेश्मीराज पाण्डे, सचिवालय संयोजक सीता मल्ल, आर्थिक समितिको संयोजक विष्णु थापा, अनुगमन समितिको संयोजकमा प्रदीप मजगैयाँ, कार्यक्रम संयोजकमा शरद अधिकारी, स्टल व्यवस्थापन उपसमिति र स्पोन्सर उपसमितिको संयोजकमा जगदीश भण्डारी, सञ्चार तथा प्रचारप्रसार उपसमितिको संयोजकमा आरके शीतल, सुरक्षा तथा स्वयम्सेवक समितिको संयोजकमा सञ्जय बोहरा, पार्किङ व्यवस्थापन समितिको संयोजकमा पदम वली रहेका छन् ।

यसैगरी स्वास्थ्य उपसमितिको संयोजकमा डा प्रकाश सुवेदी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा प्रिया बुढाथोकी, अतिथि सत्कार उपसमितिको संयोजकमा इश्वरीप्रसाद गैरे, झाँकी व्यवस्थापन समितिको संयोजकमा विन्दु सुवेदी र कृषि उपसमितिको संयोजकमा सरस्वती सुवेदी रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले महोत्सवलाई समाजसँग जोड्ने प्रयास भएको बताउँदै उद्देश्य अनुसार महोत्सव सञ्चालन गर्नु पर्ने उनले बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले भन्ने एउटा र गर्ने अर्को हुने भन्दै महोत्सव आयोजकले यसतर्फ ध्यान दिनु पर्ने बताए । स्थानीय उत्पादनको बजारीकरण गर्न महोत्सवले सहयोगी भूमिका खेल्नु पर्ने उनले बताए ।

पत्रकार सम्मेलन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीको अध्यक्षतामा भएको थियो । निवर्तमान अध्यक्ष प्रदीप मजगैयाँको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चार तथा प्रचारप्रसार उपसमितिको संयोजकमा आरके शीतलले गरेका थिए ।