ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते


दाङ, २६ जेठ । दाङको देउखरीमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते हुनुभएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा लमही नगरपालिका–७ हसनापुर निवासी मोटरसाइकल चालक करिव ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ सुचना अधिकारी एवं प्रहरी‌ नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभएको छ।

लमही बजारबाट पश्चिमतर्फ जाँदै गर्दा मंगलबार बिहान करिब ५ बजेतीर पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते हुनुभएको थियो।

गम्भीर घाइते गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा‌ चिकित्सकले मृत घोषणा गरेका थिए
मोटरसाइकलमा सवार सोही ठाउँ नि्वासी करिव ३२ वर्षीय धनिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका मोटरसाइकल रोकिएको ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको देखिएको प्रहरीले जानकारी दिएको छ।