Ad Area

प्रयोग लायक छैनन् सार्वजनिक सौचालय


दाङ, ५ मंसिर ।

व्यवस्थित शौचालय नहुँदा दाङमा सर्वसाधारणले समस्या निकै भोग्नुपरिरहेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको एक दशक पुग्नै लाग्दा पनि सार्वजनिक सौँचालयको उचित व्यवस्था हुन सकेको छैन भने भएका सौँचालय पनि सौँच गर्न लायकका छैनन् ।

नीतिमा भएका व्यवस्थाको उचित कार्यान्वयमा सरोकार निकायले चासो नलिँदा सर्वाजनिक सौँचालय दुर्गन्ध फैलिएर पस्न लायकका छैनन् । शुक्रबार विश्व शौचालय दिवस मनाइएको छ । विश्वमा हरेक वर्ष १९ नोभेम्वरमा शौचालय दिवस मनाईन्छ । शौँचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिएपनि यो केवल औपचारिकतामा सिमित हुने गरेको छ ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत विषय भएपनि यसलाई धेरैले गम्भीरताका साथ लिएको पाईदैन । शौचालयलाई फोहोर बिसर्जन गर्ने ठाउँका रुपमा धेरैले चित्रित गर्दा पनि यसको महत्व गलत ढंगले बुझ्ने गरिएको पाइएको हो । तर, शौचालय मानव जातिका लागि सफा र सुरक्षित राख्ने सहयोगी संयन्त्र हो भनेर स्पष्ट पार्न सरोकार निकाय र व्यक्ति स्वयं जागरुक हुन जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंगका रुपमा लिन सकिन्छ ।

घरको सौँचालय जस्तै सार्वजनिक शौचालय पनि उत्तिकै व्यवस्थित र सफा हुन सकेको अवस्थामा मात्रै सभ्य समाजको परिकल्पना गर्न सम्भव छ । तर, जिल्लाका अधिकांश सार्वजनिक कार्यालय, सार्वजनिक स्थलहरुमा सौँचालयको व्यवस्था छैन । भएका पूर्वाधार पनि हेर्न लायकका छैनन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३मा अवस्थित बाह्रकुने दहमा निर्मित सौँचालय हेर्न लायक छैन । त्यहाँ अहिले कोही पनि सौँचालयका लागि जाँदैनन् । केही दिन अघि नेपाली सेनाले दहको सरसफाई गर्न जाँदा सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी र वडा नम्बर १४ का वडा अध्यक्षले सौँचालयको अवस्था देखेर दुख व्यक्त गरे । भएको पूर्वाधारलाई सही सदुपयोग गर्न नसकिएको प्रति आत्मालोचना थियो । पिशाबले च्याँपेपछि उनिहरुले खुला ठाउँमै सौँचालय गरे ।

अहिले त्यहाँ वनभोज र घुम्न आउजाउ गर्ने सिजन चलेको छ । दैनिक जसो त्यहाँ पुग्नेहरु खुला साँैच गरेर फर्किने गरेका छन् । घारापानीमा पनि केही सौँचालय बनाइएको भएपनि पर्याप्त छैन । अम्बिकेश्वरी मन्दिर परिसरको अवस्था पनि उस्तै छ । एक जनाले गर्ने सौँच सामान्य मानिए पनि दैनिक सयौँको संख्यामा पुग्ने स्थलमा सौँचालयको उचित व्यवस्थापन हुन नसेकेको यो अवस्थामा त्यसले मानव स्वास्थ्य र वातावरण पार्ने प्रभाव विकराल बन्न सक्छ ।

जिल्लाको प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवालगायतका बजारमा केही निश्चित ठाउँमा सशुल्क सार्वजनिक सौँचालय बनाइएको भएपनि यो पर्याप्त छैन । त्यसमा लैंगिकमैत्री छैन । त्यहाँ केवल आपतको बेलामा प्रयोग गरिने स्थल मात्रै हो । घोराहीको मुख्य चोक आसपासमा सार्वजनिक सौँचालय छैन । जहाँ दैनिक हजारौँ मानिस यही बाटो भएर पैदल आवतजापत गर्छन् ।

तिनीहरुलाई सौँच गर्नु पर्ने अवस्था आयो भने कस्तो मनोविज्ञान बन्छ होला, यसै भन्न सकिँदैन । केही वर्षअघि तुलसीपुर जाने बस स्टपनेर हिँडाउन मिल्ने सार्वजनिक सौँचालय राखिएको थियो । त्यो काम लागेन । अहिले कसैलाई सौँचालय लागेमा होटलको सौँचालय धाउनु पर्ने बाध्यता छ । होटलवालाहरु पनि यसै सौँचालय प्रयोग गर्न दिने मानसिकतामा हुँदैनन् । उनीहरुसँग केही विनिमय गर्नुपर्ने बाध्यता आईलाग्छ ।

भएका पूर्वाधारलाई पनि सफा गर्ने, सरसफाईमा विशेष ध्यान दिन सकेमा सौँचालयको महत्व बढ्ने बारेमा सबैमा जागरण फैलाउन जरुरी रहेको नागरिक वर्गको धारणा छ । जिल्लाको सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने महेन्द्र बहुमुखी क्याम्पसको सौँचालयको अवस्था झन नाजुक छ । त्यहाँ रहेका सौँचालयमा पिशाब फेर्न सक्ने अवस्था छैन । पुरानो जीर्ण छ छँदैछ, त्यसमा दिशा, पिशाबको दुर्गन्धले पस्नै सक्ने अवस्था छैन । शिक्षा प्रदान गर्दै चेतनाको विकास गर्ने शिक्षालयको अवस्था दर्दनाक हुनुले पनि सौँचालय प्रति शिक्षित वर्गको सोँचाई कति उदार छ भन्ने कुरा पनि प्रष्ट हुने विद्यार्थीहरुको भनाई छ ।

तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो भएपनि जिल्लामा सबै सुविधा चाहनेहरु सौँचालय निर्माण र व्यवस्थापनमा लगानी गर्न ईच्छुक देखिदैनन् । बजार तथा राजमार्गका व्यस्त चोकहरूमा बनेका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थाका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर जीऊ ज्यान तलमाथि पर्ने उच्च सम्भावना रहन्छ । फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पु¥याउन सके मात्र खुला दिसामुक्त अभियानले सार्थकता पाउने नागरिक वर्गको भनाई छ ।

तत्कालीन ३९ वटै गाविस र २ वटा नगरपालिका औपचारीकरुपमा खुला दिसामुक्त घोषणा भैसकेपछि जिल्लालाई नेपालकै १४ औँ जिल्लाको रुपमा दाङलाई खुला दिसामुक्त जिल्लाको रुपमा २०७१ साल जेठ २२ गते घोषणा गरिएको थियो । सो समयमा दाङमा एक लाख १६ हजार ३ सय ४८ घरधुरीका नागरिकहरुले शौचालय प्रयोगमा ल्याइसकेको दावीसहित खुला दिसामुक्त जिल्ला घोषणा भएको ७ वर्ष बितिसक्यो ।

यस बीचमा स्थानीय सरकारले काम गरेको पनि आधा दशक पुग्नै थालेको छ । यो बेलामा काम सही तवरले व्यवस्थापन हुँदै जानु पर्नेमा नारालाई केवल नाराका रुपमा सिमित पार्न खोजिएको जस्तो आभाष हुने नागरिक तहबाट गुनासो आउने गरेको छ । खासगरी, सार्वजनिक निकाय, क्षेत्रमा निर्मित सार्वजनिक सौँचालयको अवस्था सुधारमा ध्यान दिन, अब बन्ने संरचनामा वैज्ञानिक विधियुक्त सौँचालय निर्माणमा सरोकार निकायले जोड दिनुपर्ने आवश्यकता रहेको छ ।