Ad Area

अनुगमन प्रभावकारी बनाउन पालिका स्तरीय संवाद कार्यक्रम


घोराही, २ फागुन । सहकार्य, सुशासन नमुना कार्यक्रमको अनुगमन सम्बन्धि संवाद कार्यक्रम शुरु भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र र द एशिया फाउन्डेशनसँगको साझेदारीमा लुम्बिनी प्रदेशमा संचालित सहकार्य, सुशासन नमूना परियोजना अन्तर्गत अनुगमन समिति सम्बन्धी संवाद कार्यक्रममा अनुगमन समितिको कामको समिक्षासहित देखा परेका समस्या, चुनौति र समाधानका उपाय बारे घोराहीमा शुरू भएको छ ।

कार्यक्रममा सहकार्य, सुशासन नमुना कार्यक्रम अन्तरगत अनुगमन सम्बन्धि परियोजना लागू भएका दाङका सात पालिका, बाँकेका २ पालिका तथा बर्दियाका ३ पालिकाका उपप्रमुख, प्राविधिक, प्रशासन शाखालगायत अनुगमन समितिमा रहने सरोकार पक्षको सहभागीतामा दुई दिने संवाद कार्यक्रम भईरहेको हो ।

कार्यक्रममा दाङका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, बाँकेका कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाका उपप्रमुख, उपाध्यक्ष लगायतको उपस्थिति रहेको छ ।

संवाद कार्य अघि परियोजना लागू भएका पाल्पाको बगनाशकाली गाउँपालिका, रुपन्देहीको सुनवल नगरपालिकासहित १४ स्थानीय तहबिच उपप्रमुखर उपाध्यक्षको संयोजकत्वमा हुने काम कर्तव्य र अधिकार कार्यान्वयन गर्दा देखा परेका चुनौति बारे बृहत् छलफल गरिएको थियो ।
जसमा अनुगमन, को क्रियसनबाट आएका सल्लाह सुझावका आधारमा १२ पालिकाका अनुगमन समितिको काम, कर्तव्य र अधिकारमा उपप्रमुखर उपाध्यक्षको संयोजकत्वमा हुने चुनौति, अवसर र समस्या बारे समाधानका उपाय खोज्ने प्रयास संवाद कार्यक्रमबाट भईरहेको कार्यक्रम संयोजक रचना टण्डन क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार, काम गर्ने क्रममा अनुगमन समितिले पहिचान गरेका संवैधानिक व्यवस्था अनुसारको काम भए पनि कानुन अस्पष्टता, महिलामैत्री व्यवस्था नहुनु, आवश्यकतभन्दा पहुँचमा योजना राख्ने, दलीय हस्तक्षेप, सुचनामाथि बन्देज लगाउने जस्ता कारणलाई सुल्झाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।

जसअनुसार समूह विभाजन गरेर अनुगमन समितिले अनुगमन गर्दा अपनाउने चरण, देखा परेका समस्या, समाधानका उपाय पहिचान गरेका उहाँले बताउनुभयो । यसैगरी, यससँग जोडिएका अरु पक्षका बारेमा पनि छलफल संवाद गरिएको बताउनुभयो ।

कार्यक्रममा सहजकर्ताका रुपमा सुशील बस्नेतले योजना अनुगमन प्रकृयाका चरण, हालको अवस्था र नीतिगत अभ्यास, चुनौतिमा अभ्यास, जनप्रतिनिधिका समयतालिका व्यवस्थापन, सामाजिक जवाफदेहीतालगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

सेप्टेम्बर २०२४ देखि लागू भएको पाईलट परियोजनका रुपमा रहेको सहकार्य, सुशासन नमुना कार्यक्रम फेब्रुअरी २०२५ सम्म संचालन भएको हो । परियोजना लागू भएका पालिकाहरुबाट प्राप्त राय सुझाव र अनुभवलाई मुल्यांकन गरेर अब अर्को चरणको परियोजना लागू गर्ने तयारी भएको ग्रामीण महिलाा उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनाको प्राविधिक सल्लाहकार डा. शेरा तामाङ, कार्यक्रम संयोेजक रचना टण्डन क्षेत्री, प्राविधिक संयोजक महेन्द्र घिमिरे, पैरवी अधिकृत विद्या चौधरीलगायतले संवाद कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र र परियोजना बारे पार्वती बस्नेतले जानकारी गराउनु भएको थियो ।