Ad Area

पद्मोदय नमुना माविमा विज्ञान, गणित र खाद्य परिकार मेला : व्यावहारिक ज्ञानले विद्यार्थीमा उत्साह


दाङ, ९ फागुन । घोराहीको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत कन्जन चौधरी शुक्रवार खाजा पसलमा व्यस्त थिइन् । विद्यालयमा अध्ययनरत साथीहरूसँग मिलेर ‘ग्राण्ड न्यु होटल’ सञ्चालन गरेकी कुन्जनले चार हजार बढी मूल्यको ढिक्री, अचार, आलु चप बनाएर बिक्री गरिन् । सधैँ विद्यालय आएर कक्षा कोठामा पढेर घर फर्किने गरेकी कुञ्जन शुक्रवारको कार्यले आपूmलाई नयाँ अनुभव भएको बताइन् ।

जीवनमा किताबी ज्ञानसँगै व्यावहारिक सिकाइ भएको बताइन् । ‘सधैँजसो विद्यालय आउने र कक्षा कोठामा पढेर घर जाने गथ्र्यौँ तर आज साथीहरू मिलेर विद्यालयमा खाजा पसल सञ्चालन गरेर आम्दानी गरेका छौँ’, विद्यार्थी कन्जनले भनिन्, ‘विद्यालयले एउटा अवसर दिँदा नास्ता पहल कसरी सञ्चालन गर्ने भन्ने हामीलाई सिकाइ भएको छ ।’ १३ जना साथीहरू मिलेर सञ्चालन गरेको पसलले व्यावहारिक जीवनमा आवश्यक पर्ने ज्ञान आपूmहरूलाई सिकाएको उनले बताइन् ।

पद्मोदय माविकै कक्षा ८ मा अध्ययनरत समीर पुन र सुदाम बुढाले शुक्रवार दुई हजार सात सय बढी मूल्यको च्याउको पकौडा बिक्री गरे । विद्यालयले विद्यार्थीका लागि आयोजना गरेको विज्ञान, गणित र खाद्य परिकार मेलामा सहभागी भएका उनीहरूले च्याउको पकौडा बिक्री गरेर राम्रो आम्दानी गरे । घरमा कहिलेकाहीँ खाना पकाउने गरेका उनीहरूले शुक्रवार पद्मोदय नमुना माविमा विज्ञान, गणित र खाद्य परिकार मेला व्यावहारिक ज्ञानले विद्यार्थीमा उत्साह विद्यालयमा च्याउको पकौडा बनाएर बिक्री गरेका थिए । विद्यालयमा पढाइसँगै व्यावहारिक जीवनमा आवश्यक पर्ने शिक्षा सिक्न पाउँदा खुसी भएको सुमित बताउँछन् ।

करिब दुई हजार रुपैयाँको लगानी गरेर २७ सय बढीको च्याउको पकौडा बिक्री गर्न सफल भएको भन्दै सुमितले भने, ‘विद्यालयमै पकौडा बनाएर बिक्री गर्न पाउँदा रमाइलो अनुभव भइरहेको छ । यसले नयाँ सिकाइसँगै उत्साहित बनाउने काम गरेको छ ।’ मेलामा कक्षा ११ मा अध्ययनरत रवि पोख्रेल, गौतम डाँगी र उमेश थापाले दृष्टिविहीनका लागि उपयोगी स्मार्ट चश्मा प्रदर्शनीमा राखेका थिए । आँखा नदेख्ने मानिसलाई हिड्दा अगाडि केही वस्तु आए आवाज निकालेर थाहा दिने स्मार्ट चश्मा बनाएर प्रदर्शनीमा राखेका तीन जनाले आपूmले बनाएको सामग्री सबैलाई देखाउन पाउँदा खुसी भएको बताए ।

स्मार्ट चश्मासँगै उनीहरूले पहाडी क्षेत्र पुग्नका लागि सहज हुने केवलकार समेत बनाएर प्रदर्शनीमा राखेका थिए । किताबसँगै सामाजिक सञ्जाल युटुबमा अध्ययन गरेर स्मार्ट चश्मा, केबुलकार बनाएको भन्दै गौतम डाँगीले भने, ‘कक्षामा अध्ययनसँगै युटुबमा हेरेर स्मार्ट ग्लास र केबलकार बनाएका हौँ । सीमित स्रोत र साधानसँगै छोटो समयमा बनाउनु परेकाले यो सामान्य देखिन्छ, सबै सामग्रीको उपलब्धता भए राम्रो बनाउन सक्छौँ ।’ कुन्जन, गौतम र सुमित प्रतिनिधि विद्यार्थी मात्र हुन् ।

शुक्रवार विद्यालयले आयोजना गरेको कार्यक्रममा सयौँ विद्यार्थी विज्ञान, गणित तथा खाद्य परिकार प्रदर्शनीमा सहभागी भएका थिए । प्रदर्शनीमा सहभागी भएका विद्यार्थीले खाद्य परिकारतर्फ खाजाका विभिन्न परिकारसँगै विज्ञान र गणितसम्बन्धी कला प्रदर्शनी गरेको विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले जानकारी दिएका छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक जीवन सिकाउने उद्देश्यले विज्ञान, गणित तथा खाद्य परिकार मेलाको आयोजना गरिएको बताए । विद्यार्थीलाई शिक्षासँगै व्यावहारिक ज्ञान आवश्यक यसैबिच कार्यक्रममा बोल्ने वक्ताले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान आवश्यक रहेको बताए थिए ।

उनीहरूले जिल्लाको सबैभन्दा पुरानो र अब्बल सामुदायिक विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक शिक्षाका लागि गरेको अभ्यास सकारात्मक रहेको भन्दै प्रशंसा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले विद्यार्थीलाई किताबी शिक्षासँगै दैनिक जीवनमा आइपर्ने व्यावहारिक ज्ञान सिकाउन आवश्यक रहेको बताइन् ।

विद्यार्थीले बनाएर प्रदर्शनीमा राखेका सामग्रीको आफुले अवलोकन गरेर उत्साहित भएको भन्दै प्रमुख अतिथि उपप्रमुख डिसीले पढेर विद्यार्थी विदेश गइरहेको समयमा आफ्नै देशमा रोक्नका लागि सिप मुलक शिक्षामा जोड दिनुपर्ने बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले शैक्षिक ज्ञानसँगै विद्यार्थीलाई अध्ययन गरेर जीवनमा गरिखाने शिक्षा अहिलेको आवश्यकता रहेको बताए । विद्यालयले ऐकाडेमिक शिक्षामा मात्र जोड दिँदा विद्यार्थीले पढे पनि दैनिक व्यवहारमा आइपर्ने कुरा गर्न नसक्दा बिदेसिने क्रम बढेको भन्दै त्यसलाई रोक्दै आफ्नै ठाउँमा केही गरिखाने शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोहलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठ, गंगा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक राजेन्द्र घिमिरे, विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयले सञ्चालन गरेको नयाँ कार्यलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । प्रदर्शनमिा कक्षा आठदेखि ११ कक्षाका विद्यार्थीहरु सहभागी भएका थिए ।