जनता को हुन्, चिलिसा कि घुन ?
मधुसूदन सुवेदी
नेपालका राष्ट्रिय राजनीतिक दलहरुबाट र नेपालका ठूला दलका राष्ट्रनेताबाट जनतालाई अति सामान्ययीकरण गर्ने र नजरअन्दाज गर्ने काम भइरहेको छ । जानेर वा नजानेर बुझेर वा नबुझेर, सुनेर वा नसुनेर, देखेर वा नदेखेर, भोगेर वा नभोगेर र जनताको आत्मालाई लत्याने काम भइ नै रहेका छन् । जनतालाई हरेकले आफ्नो शक्तिको स्रोत ठाने पनि, माने पनि, जाने पनि उनीहरुलाई आवश्यक परेको बेला बुइँ चढाउने र अघि–पछि भूइँमा पछार्न काम भइ नै रहेका छन् ।
यसरी अस्तिको समयदेखि हिजो हुँदै आजसम्म आइपुग्दा जनता नेताका भ¥याङ बन्दा र सत्ता र शक्तिको आड लाग्ने पर्खाल बन्दा जनताको नजरबाट जनता को हुन् ? भन्ने प्रश्न गम्भीर भएको छ । यतिबेला जनसागरको कुरा गरे जनरहरको कुरा गरेर, जनमासको कुरा गरेर, जनउपस्थितिको कुरा गरेर जनमेलाको कुरा गरेर र जनप्रदर्शन गरेर कुनै पनि पार्टी दलले आफू देशकै बवैकल्पिक शक्ति भएको कुरा पुष्टि गर्दैछन् । जनताको आधार नै तय नगरी जनताको स्थान, मन र हैसियत नै कामय नगरी यसरी एकोहोरो रुपमा जनतालाई नजरअन्दाजका भरमा व्याख्या विश्लेषण गर्नु कदापि ठीक होइन । जनता बेला–बेलामा शक्तिका स्रोत बने पनि नेताका लागि सीमित समयका लागि सीमित जनता मात्र शक्ति केन्द्रविन्दुमा परे र पारिए ।
कुनै दलको कुनै नेताले आफ्नो पार्टीको कार्यक्रममा ४ लाख जनता उतार्छ भने ती चार लाख जनतामात्र त्यो पार्टीको शक्ति मानिए । अरु बाँकी को हुन् र कसका हुन् ? आजका पार्टी, दल तथा नेताले वा नेताहरुले समग्र देशबासी जनतालाई शक्तिको सेत ठान्न र मान्न किन सकेनन् ? कसैलाई एक लाख जनता चाहियो तो एक लाख जनता मात्र उसको लागि शक्ति हुने ? कसैलाई दुई लाख जनता चाहियो उसका लािग ती दुई लाख जनता मात्र शक्ति हुने । कसैलाई तीन लाख जनता चाहियो उसका लागि तीन लाख जनता मात्र किन हुने ।
यसरी चाहिएको र पाइएको जनमास मात्र दल र नेताका लागि शक्तिका पुञ्ज हुने हुन् भने यो देशका तीन करोड जनताका लागि राजनीति गर्ने नेता कोही रहेछ त ? हो यही नै आजको जटिल समस्या हो । आज नेपालमा यति दल छन् भने, पार्टी छन् भने, शक्ति छन् भने, संगठन छन् भने, मोर्चा छन् भने, गठबन्धन छन् भने ती सीमित जनताका लागि मात्र छन् । बाँकी देशबासीका लागि कोही पनि छैनन् ।
जुन दलको जुन नेताले जति भोटले वा जति मतले जित्दछ त्यति मात्र उसका लागि शक्ति हुन् भने उसको सेवाको हद के हो ? उसले मान्ने, जान्ने र ठान्ने जनता को हुन् ? यसरी कसरी लोकतन्त्रलाई मजबुत गर्न सक्दछ ? विशेष कुरा के हो भने लोकतन्त्रमा जनता सर्वमान्य ठहर्छन् । जनता नैतिकताका सो शोक बन्दछन् र बनाइन्छन् भने पार्टी लोकतन्त्रको परिभाषा कसरी हुन्छ ? लोकतन्त्रको दुहाइ दिने नेताले जनता बुझ्ने कि नबुझ्ने ? यतिबेला देशा हरेक दल र पार्टीमा चिलिसा र घुन प्रष्ट देखिँदै छ । त्यो भनेको जनताप्रतिको बेवास्ता र बेखबर हो ।
जनताले चाहेमा देशका नामुद र सबुत पार्टीलाई कुहिएको फर्सीमा बदलिदिन सक्छन् । दललाई के लाग्छ ? पार्टीलाई के लाग्छ र नेतालाई के लाग्छ ? के जनता भनेका नेताका दास हुन् ? लोकतन्त्रको परिभाषा दिनले जोको अर्थ नजान्ने ? देशका तीन करोड जनताको उच्च सम्मान नगर्ने ? पद र प्रतिष्ठाको जुँगे लडाइँ गर्दा जनताका इच्छ, आकांक्षा, चाहना र कामना पोलेर खाने ? नेता राजाभन्दा पनि बढी सम्मानित हुन चाहने ? फेरि पनि यी दल, पार्टी र नेतालाई राजकीय सम्मान चाहिने हो भने राजा फालेकोमा किन नाटक गर्ने ? राजा फाल्नलाई कतिको कि पाल्नेलााई फालेको ? आजका नेताले फालेको राजाको समान हैसियत समेत कायम गर्न सकेनन् ।
कमसेकम हिजो नारायणहिटी दरबारमा बसेका राजाले समेत जनताको भावना र चाहनाअनुसार जनताको नासो जनतालाई बुझाउँछु भनेर दरबार त्यागेको गहकिलो उदाहरण प्रस्तुत गरेका थिए । आजका नेताले देश र जनताका नाममा सामान्य पद, कुर्सी, सेवा, सुविधा, मान, सम्मान, सुख, ऐश्वर्य र भोगविलास समेत त्याग्न चाहन्नन् भने लोकतन्त्र भनेर कसरी भन्दै छन् ? लोकतन्त्रको नाममा लोकतन्त्रलाई नै हत्या गर्न खोज्ने ?
लोकतन्त्रको परिभाषा दिन नजान्नेले देशको राज्यसत्ता चलाउन खोज्ने ? लोकतन्त्र भनेको पशुपतिको जात्रा सिद्राको व्यापार हो ? लोकतन्त्र भनेको जनतालाई भेँडा र बाख्रा बनाउने खेल हो ? लोकतन्त्र भनेको नेता मालिक र जनता नोकर हुने व्यवस्था हो ? लोकतन्त्र भनेको नेता धनी र जनता गरिब हुने व्यवस्था हो ? लोकतन्त्र भन्दै देश र जनतालाई जर्सी गाई सम्झेर दुहुन मिल्छ ? आजका मितिसम्म आइपुग्दा राजनीतिक अवस्था र व्यवस्थाले कसलाई लाभ भयो र कसलाई हानी भयो ? बुझ्ने कि नबुझ्ने ?
लोकतन्त्र भन्ने गणतन्त्र भन्ने, धर्म निरपेक्ष भन्ने, नयाँ नेपाल भन्ने, समाजवाद भन्ने र नेताले लिने ? परिवर्तन कसका लागि हो ? देश र जनाका लागि कि पार्टी र नेताका लागि ? परिवर्तनको नाममा सपना जति जनतालाई विपना जति नेतालाई ? यस्तो पनि हुनसक्छ ? समय बेला, परिस्थिति कि अवस्था र स्थितिलाई ख्यला गर्ने कि नगर्ने ? समयअनुसार आफूलाई बदल्न नसक्नेले सिङ्गो देश कसरी बदल्छ ? खाली व्यवस्था बदलेर मात्र हुन्छ ? दल बदलिएको खोई ? पार्टी बदलिएको खोई ? नेता बदलिएको खोई ? त्यसैले नेता गण्हरु जनता शक्ति मात्र होइनन्, यी चिलिसा र घुन पनि हुन् चेतना भया ।