Ad Area

विकट बस्तीमा सेवा पाउनै मुस्किल


दाङ, २९ माघ । बबई गाउँपालिका वडा नं. १ गंगटे । जहाँ पुग्न बबई गाउँपालिकाको हापुरे बजार बाट २६ किलोमिटर बाटो हिड्नुपर्छ । दाङको विकट क्षेत्रका रुपमा चिनिने गंगटे पछिल्लो समय केही विकास हुँदै गएको छ । तर त्यहाँको बसाइँ भने सहज छैन् । गंगटे पुग्नका लागि सडकको सहजता छैन् । बबईलाई उज्यालो बनाउनका लागि केही महिना पहिले पहिलोपटक बिजुली बत्ति पु¥याइएको छ । तर शिक्षा, स्वास्थ्य, कृषि खानेपानी सबैको अभाव र दुःख छ । दैनिक उपभोग्य बस्तुका लागि खरिद गर्न हापुरे बजार आउनुपर्छ । गंगटेबासी स्वास्थ्य सुविधाको अभाव बाट गुज्रिनु परेको छ । वडा नं. एकका लागि एउटा मात्र स्वास्थ्य चौकी छ । जहाँ टाउको दुखेको ज्वरो आएको जस्ता सामान्य औषधीहरु पाइन्छन् ।

गुणस्तरीय सेवाका लागि निकै दुख भोग्नुपर्ने त्यहाँका स्थानीय बताउछन् । सडक सुविधा नहुँदा कोही अचानक विरामी भैहालेमा ठुला हस्पिटल हापुरे, तुलसीपुर, नेपालगञ्ज लैजादा बाटैमा मर्ने होकी भन्ने जगजगी भएको उनिहरु सुनाउछन् । राम्रो सडक भएको भए हापुरे आउन ३० देखि ४० मिनेट लाग्नुपर्ने हो । तर सडक अभावका कारण तीन चार घण्टा लाग्छ । चाहिएको समयमा गाडीहरु पाइदैँन्, विरामी भैहालेपनि उनिहरुलाई हस्पिटल पु¥याउन स्रोत साधनको अभाव छ । जसले गर्दा अकालमै मृत्यू हुने संभावना भएको बताउछन् ।
एक दशक अगाडी बबई गाउँपालिका एक गंगटेका लालवहादुर वलीकी श्रीमती विरामी भइन् । उपचारका लागि हापुरे वजार पु¥याउनुपर्ने भयो । घोडाको व्यवस्थापन गर्न सकिएन, सडक नहुँदा गाडी चल्दैन थिए । गाउँमा केही मान्छेको बन्दोबस्त गरी उनकी श्रीमतिलाई बोकेरै हापुरे पु¥याइयो । उपचार भयो । बिरामी ठीक हुँदै जाँदा घर फर्काउनुपर्ने भयो । आउँदा बोकेर ल्याउने कोही थिएनन् । उनि आफैले श्रीमतिलाई घर पु¥याउनुपर्याे । दुई दिन हिडेपछि उनि घर पुगेका थिए । यो समस्या अहिले पनि उस्तै उस्तै छ । उपचारका लागि गंगटेमा सम्भव छैन् । तर साना सडक खल्दै गर्दा सवारी साधानको व्यवस्थापन भने गर्न सकिन्छ । अहिले हिउदको समयमा हापुरेमा दैनिक दुई वटा जिप जान्छन् । त्यसले केही अप्ठ्यरोहरु हटेको छ ।
तर बर्षाको समय भने हापुरे र गंगटेको सम्बन्ध टुट्छ । बाढी र भेलले गंगटेमा यातायातका साधन पुग्न सक्दैनन् । बर्षातको समय निकै समस्या हुन्छ, लाल बहादुरले भने । गंगटेका ७० वर्षिय मानबहादुर गुरुङले गाउँमै गुणस्तरीय सेवा सुबिधाका लागि हस्पिटल संचालन भए हुने भन्ने आसा गर्छन् । गंगटेमै बसेर जुग बिताएका मानबहादुर आफु भन्दा पछिल्ला पिढीहरुले यस्तो दुख नपाउन भन्ने सोच राख्छन् । पहिले गाई भैँसी पालनकारुपमा रहेको गंगटेमा मानवबस्ती विकास भएपछि विकासका लागि स्थानीय, प्रदेश र संघिय सरकारले पनि चासो राख्नुपर्ने उनको भनाई छ । गंगटेलाई सडक सुबिधाले समस्पन्न बनाएपछि अरु समस्याहरुपनि हल हुन्थेकी भन्ने आसा उनि राख्छन् ।

 

Blog Post Ad Blog Post Ad