Ad Area

क्षती धेरै राहत थोरै


घोराही, १८ फागुन । दाङका हिउँदे बर्षा पीडित कृषकका लागि राहत रकम आएको छ । जिल्ला प्रशासन कार्यालयको खातामा रकम आएको रकम किसानले माग गरेको भन्दा कम रहेको छ । बेमौसमी वर्षाले धानवालीमा क्षति पु¥याएपछि जिल्लामा कृषकलाई राहतका लागि भने १० करोड बजेट आएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा थापाले जानकारी दिइन् ।

कृषि ज्ञान केन्द्र दाङले करिव ३५ करोड रुपैँयाको क्षती स्वरुप राहत रकम उपलव्ध गराउन बिवरण पेश गरेको थियो । राहत रकम उपलव्धको लागि तोकिएको मापदण्डलाई आधार मानेर रकम उपलव्ध हुनेछ । कृषकहरुको धान बालीमा क्षति पुगेको लामो समयपछि संघीय सरकारले राहत रकम पठाएको हो । गएको असोज महिनामा बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु¥याएको अनुमान गरेर पठाइएको थियो । जिल्लाका १० वटा स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख छ हजार दुई सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा आठ हजार नौ सय ९८.९ हेक्टर क्षेत्रफलमा लगाइएका धानमा पानीले क्षति पु¥याएको थियो । करिव २७ हजार छ सय ६८.२५ मेट्रिक टन धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसमा काटिएको धान चार सय ७८ हेक्टरको धान बगाएको थियो भने आठ हजार पाँच सय २१ हेक्टर धान ढलेर क्षति पुगेको थियो । जिल्लामा ३९ हजार चारसय हेक्टरमा धान खेती गरिएको थियो । बबइ गाउँपालिकामा पाँच सय २.५ हेक्टर धानमा क्षति पु¥याएको छ । उक्त क्षेत्रमा दुई हजार एक सय २८ हेक्टरमा धान खेती गरिएकोमा एक सय ४० हेक्टर काटेको धान बगाएको थियो भने तीन सय ६२.५ हेक्टर ढालेर क्षति पु¥याएको हो ।

शान्तिनगर गाउँपालिकामा सात सय ६१.३ हेक्टर धानमा क्षति पु¥याएको थियो । सो गाउँपालिकामा दुई हजार सात सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा सात सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा एक हजार एक सय २३.५ हेक्टरमा क्षति पुगेको थियो । सो गाउँपालिकामा चार हजार तीन सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको थियो । एक हजार एक सय १६ हेक्टरमा धान ढलेर क्षति पुगेको थियो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा दुई सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उपमहानगरपालिकामा छ हजार आठ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा दुई सय ७५ हेक्टरमा धान ढलेर क्षति पुगेको थियो । घोराही उपमहानगरपालिकामा एक हजार नौ सय ५८.८ हेक्टरमा क्षति पुगेको थियो । घोराही उपमहानगरपालिकामा आठ हजार तीन सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार नौ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।

बंगलाचुली गाउँपालिकामा एक हजार ७९ हेक्टरमा धान क्षति पुगेको थियो । यस पालिकामा एक हजार सात सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा एक हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो । लमही नगरपालिकामा एक हजार चार सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । लमही नगरपालिकामा दुई हजार सात सय ३५ हेक्टरमा धान खेती गरिएको थियो । जसमा एक हजार चार सय ३२ हेक्टरमा धान ढलेर क्षति भएको हो । राप्ती गाउँपालिका ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । यस गाउँपालिकामा छ हजार सात सय १४ हेक्टरमा धान खेती गरिएको थियो ।

Blog Post Ad

गढवा गाउँपालिकामा नौसय १९.७ हेक्टरमा क्षति पुगेको थियो । यस गाउँपालिकामा दुई हजार एक सय ७५ हेक्टरमा धान खेती गरिएकोमा एक सय ११.६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो । भने आठ सय आठ हेक्टरमा लगाएको धान ढलेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा आठ सय ७५.३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा एक हजार सात सय १८ हेक्टरमा धान खेती गरिएकोमा दुई सय १८.६८ हेक्टरमा काटेको धान वगाएर क्षति पुगेको हो । छ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको थियो ।

 

Blog Post Ad Blog Post Ad