Ad Area

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा


दाङ,२ बैशाख । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शुक्रवारदेखि २४ सै घण्टा निशुल्क प्रसुति सेवा सुरु भएको छ । प्रतिष्ठानको उपकुलपतीमा नियुक्त भएदेखि नै डा बिकास लामिछानेले पूर्णरुपमा आमा सुरक्षा कार्यक्रम निशुल्क गराउन लागि पहल गरेका थिए ।

पूर्वनिर्धारित योजना अनुसार नै शुक्रवारदेखि अस्पतालमा प्रसुति सेवा निशुल्क गरिएको उपकुलपती डा लामिछानेले जानकारी दिएका छन् । यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निशुल्क चलेपनि आवश्यक जनशक्तिको अभाबमा १२ बजेपछि अतिरिक्त सेवा बिस्तार योजना अनुसार सुत्केरी हुन आउने महिलाहरुले सेवा लिए बाफत पैसा तिर्नुपर्ने बाध्यता रहेको थियो ।

प्रसुति सेवा निशुल्क भएसंगै यहाँका सर्बसाधारण खुसी भएका छन । उपकुलपती डा लामिछानेले निशुल्क प्रसुति सेवाको लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताए । त्यस्तै शिक्षाध्यक्ष डा बसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रहेको जनाउदै अब अतिरिक्त सेवा बिस्तारमा पनि प्रसुति सेवा लिन आउने महिलालाई पैसा नलाग्ने बताए ।

Blog Post Ad Blog Post Ad