Ad Area

खुला सदस्यमा गठबन्धनका उम्मेदवार विजयी


दाङ,२६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा खुला सदस्यमा गठबन्धन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धन प्यानलका किशोर आचार्य सर्वाधिक २ हजार ९२ मत ल्याएर सदस्यमा बिजयी भएका छन् । त्यसैगरी युवराज आचार्यले १ हजार ६ सय १० र दिनेश वलीले एक हजार ४ सय ७२ मत ल्याएर बिजयी भएका छन् ।

संयुक्त प्यानलका महेश न्यौपाने १ हजार ११, हरि खरेलले १ हजार २ सय १ र सुनिल बनियाँले ७ सय ९१ मत प्राप्त गरेर पराजित भएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका नारायण लामिछानेले ६ सय ६५ मत प्राप्त गरेर सदस्यमा पराजित भएका छन् ।

सस्थाको नयाँ नेतृत्वका लागि शनिवार भएको मतदानमा ३ हजार ५ सय ६५ मत खसेको थियो । पदाधिकारीमा मतगणना अहिलेपनि जारी रहेको छ ।

Blog Post Ad Blog Post Ad