Ad Area

दाङमा १० प्रतिशत भन्दा कम मत ल्याउने ८ सय ३८ उम्मेदवारको जमानत जफत


घोराही, ५ साउन । दाङमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका मध्ये ८ सय बढी उम्मेदवारको जमानत जफत भएको छ । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा ५ सय २० पदका लागि भाग लिएका २ हजार ४ सय बढीले उम्मेदवारी दिएका मध्ये ८ सय ३८ जनाको जमानत जफत भएको हो । उम्मेदवारी दर्ता गराएकाहरुको संख्याको अनुपात अनुसार ३५ प्रतिशत उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छैनन् ।

निर्वाचन कार्यालयको तथ्यांक अनुसार, मुख्य राजनीतिक दल, साना पार्टी, स्वतन्त्र गरेर २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएका उम्मेदवारको धरौटी जफत भएको हो । निर्वाचन कार्यालयका अनुसार ८ सय ३८ जनाको उम्मेदवारी वापत ५ लाख ७८ हजार रुपैयाँ जमानत जफत भएको छ ।

घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै २ सय ९ जना उम्मेदवारको जमानत जफत हुँदा तुलसीपुर उपमहानगरपालिकामा १ सय ९० जनाको, लमही नगरपालिकामा ९४ जना उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, गढवा गाउँपालिकामा ६३ जना, दंगीशरण गाउँपालिकामा ४५, बंगलाचुली गाउँपालिकामा १० जना, बबई गाउँपालिकामा ४१ जना उम्मेदवारको जमानत जफत भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा ७१ जना, राप्ती गाउँपालिकामा ७९ जना र शान्तिनगर गाउँपालिकामा ३६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

मेयर पदका २६ जना उम्मेदवारको जमानत जफत भएको छ । घोराहीमा १२, तुलसीपुरमा ९ र लमही ननगरपालिकामा ५ जना मेयर पदका उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, उपप्रमुखमा १८ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत बचाउन नसक्नेमा घोराहीका ६, तुलसीपुरका ७ र लमहीका ५ गरी १८ जना उपप्रमुख पदका उम्मेदवार रहेका छन् ।

अध्यक्ष पदमा पनि २६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा गढवाका ६, दंगीशरणका ४, बंगलाचुलीका २, बबईका ४, राजपुरका ३, राप्तीका ३ र शान्तिनगर गाउँपालिकाका ४ जना गरी २६ जना अध्यक्ष पदका उम्मेदवारको जमानत जफत भएको हो । उपाध्यक्ष पदमा १८ जनाको जमानत जफत भएको छ । जसमा गढवाका ५, दंगीशरणका ४, बंगलाचुलीका २, बबईका २, राजपुरका ३, राप्तीका २ र शान्तिनगर गाउँपालिकाका १ जना गरी १८ जना उम्मेदवारले जमानत आफ्नो जमानत जफत गराएका छन् ।

यस्तै, वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएकामध्ये २ सय ३६ जनाको जमानत जफत भएको छ । जसमा घोराहीका ६४, तुलसीपुरका ५५, लमहीका १७, गढवाका १६, दंगीशरणका १२, बंगलाचुलीका २, बबईका १६, राजपुरका १८, राप्तीका १९ र शान्तिनगर गाउँपालिकाका ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

Blog Post Ad

यस्तै, महिला सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये १ सय १३१ जनाको पनि जमानत जफत भएको छ । जसमा घोराहीका ३३, तुलसीपुरका २८, गढवाका ७, दंगीशरणका ८, बंगलाचुलीका १, बबईका ५, राजपुरका १३, राप्तीका १२, लमही नगरपालिकाका १७ र शान्तिनगर गाउँपालिकाका ७ जना गरी १ सय ३१ जना महिला सदस्यको जमानत जफत भएको हो ।

यस्तै, दलित महिला सदस्य मध्ये १ सय जना उम्मेदवारको पनि जमानत जफत भएको छ । जसमा घोराहीका २८, तुलसीपुरका २५, गढवाका ७, दंगीशरणका ५, बंगलाचुलीका १, बबईका १, राजपुरका १०, राप्तीका १०, लमहीका ११ र शान्तिनगर गाउँपालिकाका २ जना गरी सय जनाको जमानत जफत भएको हो । सबैभन्दा बढी जमानत जफत हुनेमा वडा सदस्य संख्या रहेको छ । जसमा घोराही र तुलसीपुरका ६६–६६ जना, लमही र राप्तीका ३३–३३ जना, दंगीशरण र बबईका १३–१३ जना, गढवाका २२ जना, बंगलाचुलीका २ जना, राजपुरका २४ जना र शान्तिनगरका ११ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ४९ हजार ४ सय ९० जनाले उम्मेदवारी दर्ता गराएका थिए । यी उम्मेदवार मध्ये स्थानीय तह प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटी बापत एक हजार ५०० रुपैयाँ, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले ५०० रुपैयाँ धरौटी राखेर उम्मेदवारी दर्ता गराएका थिए । यस्तै महिला, दलित, विपन्न तथा अल्पसंख्यक उम्मेदवारले सो रकमको ५० प्रतिशत कम धरौटी राखेका थिए ।

१० प्रतिशत भन्दा बढी मत पाउने उम्मेदवारले भने धरौटी रकम फिर्ता पाउने हुँदा ९० दिनभित्र आयोगमा सम्पर्क राख्नुपर्ने हुन्छ । खसेको कूल मतमध्ये १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी रकम राजस्वको रुपमा दाखिला हुने गरेको छ । ‘सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा पनि धरौटी रकम जफत भएको छैन,’ प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख भण्डारीले भन्नुभयो, ‘आयोगले तय गरेको नियममा रही कारवाही प्रकृया अघि बढाईने हुन्छ ।’

तर, तोकिएको समयभित्र फिर्ता नलिएमा धरौटी रकम सञ्चित कोषमा दाखिला हुने कानुनी व्यवस्था रहेको छ । उम्मेदवारले धरौटीबापत राख्ने रकम निर्वाचन आयोगमार्फत् जम्मा हुने भए पनि त्यो आयोगले चलाउन नपाउने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा ५ सय ३२ जना, घोराही उपमहानगरपालिकामा ४ सय ४० जना, दंगीशरण गाउँपालिकामा १ सय ६२ जना, बबई गाउँपालिकामा १ सय ५७ जना, राजपुर गाउँपालिमा १ सय ८८ जना, राप्ती गाउँपालिकामा २ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

सूचना अधिकारी कुँवरका अनुसार गढवा गाउँपालिकामा १ सय ९५ जना, लमही नगरपालिकामा १ सय ४२ जना, शान्तिनगर गाउँपालिकामा १ सय ३६ जना, बंगलाचुली गाउँपालिकामा १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Blog Post Ad Blog Post Ad