Ad Area

एमालेको २० ग्यारेन्टीसहित घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)


दाङ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । घोषणापत्रमा पार्टीले अघि सारेको ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

घोषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएको छ ।

कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घोषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदो पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पु¥याइने पनि उल्लेख छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।
एमालेको २० ग्यारेन्टीमा के-के छन् ?

Blog Post Ad

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने ।

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने ।

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने ।

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने  ।

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने ।

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने ।

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने ।

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने ।

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क  ।

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क ।

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने ।

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने ।

१३. ‘व्यवस्थित सहर: स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने ।

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने ।

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने ।

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने ।

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने ।

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने ।

१९. ‘सभ्य समाज: मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने ।

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित हुनुभएको थियो ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

Blog Post Ad Blog Post Ad