Ad Area

दही बेच्न दैनिक राजपुर देखि घोराही


दाङ,२९ मंसिर । देउखुरीको राजपुर गाउँपालिका–३ खरदरीया निवासी हरिप्रसाद यादव उमेरले साढे चार दशक बढी भए । खरदरीया निवसाी ४६ बर्षीय यादवको दैनिकी घोराही बजारमा दही बेचेर वित्ने गरेको छ ।

व्यवसायीक रुपमा भैसीपालन गरेका यादव गाउँमा दही विक्रि नहुँदा हरेक दिन करिव ५० किलोमिटरको दुरी पार गरेर राजपुरबाट घोराहीसम्म आउने गरेका छन् । बैशाख–जेठको गर्मी मौषम होस, यहा कार्तिक–मंसिरको चिसो मौषम होस हरिदप्रसाद निरन्तर रुपमा विहान थाप्लोमा दहीको भाडो राखेर देउखुरीबाट घोराहीसमम आउने गरेका छन् । घोराही आउन नभ्याउँदा उनी देउखुरीको लमही बजारमा दही बेच्ने गरेको बताउँछन् ।

देउखुरीको बजार सानो भएको र गाउँमा दहि विक्रि नहुँदा दिनहु राजपुरबाट घोराहीसम्म दही विक्रिका लागि आउने गरेको उनी बताउँछन् । घोराहीसम्म आइपुग्ने यादवले प्रतिलिटर करिव ५० रुपैँया लिटर दहि बेच्ने गरेको बताउँछन् । बजारमा गाउँबाट ल्याएको दही विक्रिमा समस्या नहुने उनी बताउँछन् । ‘गाउँमा सवैका घरमा भैसी हुन्छन । त्यसैले दही विक्रि हुदैन’,उनले भने,‘जसले गर्दा राजपुरबाट भएपनि दहीको भाडो बोकेर रहेक दिन घोराही दही ल्याएर आउने गरेको छु । घोराहीमा दही राम्रो विक्रि हुने गरेको छ ।’

हरिप्रसाद यादव मात्रै होइन देउखुरी राजपुर क्षेत्रका धेरै स्थानीय घरमा उत्पादन भएको दहि बिक्रिका देउखुरीका गढवा,लमही र भालुवाङ बजारसँगै दाङ उपत्यकामा रहेका घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने भएका कारण निरन्तर रुपमा आफु आउने गरेका छन् । व्यवसायीक भैसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं स्थानीयले २ देखि १० वटासम्म भैसी पाल्न गरेका छन् ।

किसानहरुले व्यवसायीक रुपमा पालन गरेको भैसीको दुध डेरीहरुले ल्याउने गरेका छन् । डेरी घरमै गएर कम मुल्यमा दुध किन्ने गरेपछि केही स्थानीयहरु भने आफुै दही तथा धुन विक्रिका लागि जिल्लाका विभिन्न बजारहरुसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादव बताउँछन् । ‘भैसीको दुध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । विक्रिका लागि समस्या छैन’,उनले भने,‘तर आफै बजारसम्म लगेर विक्रि गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैया महंगोमा विक्रि गर्न सकिने भएकाले केही व्यक्तिले विक्रिका लागि जाने गरेका छन् ।’

दही विक्रिका लागि देउखुरीबाट घोराहीसम्म आउँदा राम्रो आम्दानी समेत हुने उनीहरु बताउँछन् । स्थानीयले दही तथा दुध विक्रि गरेर उनीहरुले घर व्यवहारसँगै छोराछोरीको पढाई खर्च जुटाउने गरेका छन् । व्यवसायीक रुपमा जिल्लाका विभिन्न ठाउँमा भैसीपालन गरिएपनि देउखुरीको राजपुर गाउँपालिका अन्तर्गत रहेको खरदरिया गाउँ भैसी पकेट क्षेत्रका रुपमा रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad