Ad Area

स्थापना दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगीता


दाङ, १५ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवस तथा १८ औ साधारणसभाको अवसरमा सोमवार व्यवसायीहरुविच हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा गल्ला तथा किराना व्यवासायी समिती प्रथम, प्लाष्टिक व्यावसायी समिती द्धितीय र रेडिमेट फेन्सी व्यावसायी समिती तृतीय भएको हाजिरीजवाफ प्रतियोगीता समितीका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगीतामा संघ अन्र्तगतका वस्तुगत समितिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । फुटवल प्रतियोगीताको सेमिफाइनल खेल वुधवार हुने भएको छ । बुधवार विहान खेल हुने फुटवल प्रतियोगीताका संयोजक माधव खनालले जानकारी दिए ।

उनका अनुसार पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र मोवाइ तथा इलेक्टोनिक व्यावसायी विच हुनेछ भने दोस्रो खेल अटो व्यावसायी एशोसियसन र दाङ देउखुरी होटेल व्यावसायी समितीविच हुने भएको खनालले बताए । संघको स्थापना दिवसको अवसरमा व्यवसायीहरुविच विभिन्न मैत्रीपूर्ण प्रतियोगीताहरु आयोजना गरिएको छ । संघको स्थापना दिवस आउदो चैत ९ गते र साधारण सभा चैत ११ गते हुदै छ ।

Blog Post Ad Blog Post Ad