Ad Area

आत्मनिर्भर लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी


घोराही, २२ फागुन । घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्त बित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७९–०८० को अर्धवार्षिक समिक्षा गोष्ठी घोराहीमा शुरु भएको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीको अध्यक्षता एवम् ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा आईतबार एक समारोह बीच कार्यक्रमको उदघाटन भएको हो । २ दिनसम्म संचालन हुने कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि चौधरीले बिपन्न, सिमान्तकृत, अल्पसंख्यक तथा पछाडी परेका समुदायलाई उद्यमशिलतातर्फ उन्मुख गराउँदै सानो लगानीबाट सीप सिकाएर आर्थिक रुपमा सशक्त बनाउन लघुबित्तले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो यसैगरी समुदायमा आर्थिक रुपान्तरणको भूमिका खेल्दै आएको लघुवित्तले समग्र देशलाइ नै गरिबिको रेखाबाट माथी उकास्न अहम भुमिका निर्बाह गरेको सस्मरण गराउनुभयो ।

उहाँले देशको समृद्धि र विकासको प्रमुख आधार आर्थिक उन्नति तथा प्रगति हुने भएकोले समुदायमा पछि परेका र पारिएकाहरुको जीवन माथि उकास्न लघुवित्तले एक सच्चा अभिभावकहरुको काम गर्दै आएको हुँदा यसको योगदानलाई मुल्यांकन गरेर आगामी दिनमा अझ सार्थकता दिलाउन सबैको सहकार्य तथा समन्वयको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लघुवित्तमा भएका गतिविधि, महत्व, चुनौती र अवसरका साथै आगामी दिनमा संस्थाले गर्नुपर्ने काम, कर्तव्य लगायत योजनासहित महत्वपूर्ण छलफल र अभिमुखीकरण भईरहेको छ ।

संस्थाका कर्जा अधिकृत विनय चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका स्वतन्त्र सन्चालक गोमा महरा, संस्थाका मिरा चौधरी लगायतले बोल्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण संस्थाका कर्जा अधिकृत कालिदास चौधरीले गर्नुभएको थियो । आत्मनिर्भर लघुवित्तले दाङसहित लुम्बिनी प्रदेशमा आफ्नो कार्य क्षेत्र बनाउँदै हजारौँलाई आर्थिक कृयाकलापमा जोड्ने काम गरिरहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad