Ad Area

राष्ट्रपतिका लागि पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय


काठमाडौं,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । तर, रास्वपाले राष्ट्रपति निर्वाचनको मौन अवधि चलिरहेको भन्दै सार्वजनिक रूपमा कुनै उमेदवारको नाम नलिने बताइएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भइरहेको छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

Blog Post Ad Blog Post Ad