Ad Area

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते !


घोराही १८, कार्तिक । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर १० बनगैका निवासी ३५ वर्षीय कैलाश भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बुधबार राति पौने १० बजे तिर तुलसीपुर जाँदै गरेको रा ४ प ६०५८ नम्बरको मोटरसाइकलमा तीन जना सवार दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएका लिलाधर खड्कालाई थप उपचार गर्न कोहलपुर लगिएको छ भने अर्को एक जना बिमल शर्मा प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। घाईते खड्काको कानमा चोट लागेको छ ।

दुर्घटना गम्भीर घाइते भएका भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्ने प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad