Ad Area

सम्राट सिमेन्ट उद्योगमा कार्यरत पहलमान चौधरी वेपत्ता


घोराही, १६ चैत । लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा मजदुर गर्दै आएका एक व्यक्ति चैत १० गतेदेखि बेपत्ता हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्रामा घर भएका पहलमान चौधरी विगत ६ दिनदेखी बेपत्ता भएको आफन्तले जनाएका छन् ।

५२ वर्षिय पहलमान विगत लामो समयदेखी उक्त सिमेन्ट उद्योगमा काम गर्दै आउनुभएको थियो । घरबाट उद्योगमा काम गर्नभनी हिड्नुभएका उहाँ एक्कासि बेपत्ता भएको उहाँका ज्वाई विष्णुप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

उहाँको परिवारले विभिन्न ठाउँहरुमा खोज्दा समेत नभेटाएको हुँदा भेटाउनुहुने जो कोहिले पनि नजिकको प्रहरी कार्यालय तथा ९८२९५०३९४४ मा खबर गरिदिन विष्णुप्रसाद चौधरीले सबैमा आग्रह गर्नुभएको छ ।

सो घटनाबारे दाङ प्रहरीलाई पनि जानकारी गराएर खोजीका लागि समन्वय गर्न आग्रह गरिएको बेपत्ता पहलमानका ज्वाई विष्णुप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad