Ad Area

‘औलो रोगमा हेलचक्य्राई’


गोरक्ष समाचारदाता
दाङ, १३ बैशाख । औलो रोगप्रति हेलचक्य्राइँ हुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । विश्व औलो दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले औलोलाई पूर्णरूपमा निर्मल गर्नका लागि स्थानीय सरकारसँगै स्वास्थ्य संस्थाले चासो नदिएको बताएका हुन् ।

उनीहरूले अन्य रोगलाई जस्तै औलो रोगलाई न्यूनिकरणका लागि चासो दिनसके जोखिमबाट बचाउनुका साथै निर्मुल गर्न सकिने बताएका थिए । स्वास्थ्यकर्मीले कम चासो राख्दा औलो रोग नियन्त्रणमा चुनौती थपिएको बताएका थिए । ज्वरोका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा अरू विषयमा स्वास्थ्य परीक्षण गर्ने तर औलोको परीक्षण नहुँदा रोग रोकथाममा चुनौती थपिएको उनीहरूको भनाइ रहेको थियो ।

‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’, भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा विश्वभर ४३० प्रजातिका लामखुट्टेमध्ये नेपालमा पाँच प्रजातिका लामखुट्टेले औलो रोग सार्ने गरेको फोकल पर्सन कमल चन्दले जानकारी दिएका थिए । उनकाअनुसार विसं. २०१५ सालमा औलो उन्मुलन कार्यक्रमका माध्यमबाट नेपालमा पहिलो पटक जनस्वास्थ्य कार्यक्रम लागू भएको बताए ।

स्थानीय औलो रोगलाई शून्यमा झार्ने लक्ष्य राखेको छ तर शून्यमा झार्न चुनौती देखिएको चन्द्रले बताए । सन् २०२२ मा स्थानीय औलोलाई शून्यमा पु¥याउने र त्यसलाई कायम राख्ने लक्ष्य राखिएकोमा काम उपलब्धिमूलक हुन नसक्दा समस्या थपिएको बताए । औलो रोग निवारणका लागि जिल्लमा कम्तिमा पाँच प्रतिशत जनसंख्याको अनिवार्य परीक्षण गर्नुपर्नेमा यो काम भए पनि जिल्लामा त्यो हुन नसकेको बताए ।

कुनै बिरामी भएर उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुगेको अवस्थामा शंका लागेको बेला परीक्षण गर्दा बिरामी पहिचान भएको घटना बाहेक अरू अवस्थामा औलोका बिरामी भेट्न नसकेको स्वास्थ्य कार्यालयका फोकल पर्शन चन्दले बताए । चालु अर्थिक वर्षको हालसम्म जिल्लामा पाँच हजार ५१ जनाको औलो परीक्षण गरिएकोमा पाँच जनामा औलो पुष्टि भएको छ । जसअनुसार यो वर्ष गढवामा २ जना, शान्तिनगरमा १ जना, घोराहीमा १ जना र प्यूठानका १ जना राप्ती गाउँपालिका क्षेत्रमा फेला परेका छन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लामा ६ जनामा औलो पुष्टि भएको थियो । जसअनुसार, बबईमा २ जना, गढवामा १ जना, तुलसीपुरमा २ जना र राजपुरमा १ जनामा औलो पुष्टि भएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा ११ जना, २०७६–०७७ मा १४ जना, २०७७÷०७८ मा ५ मा औलो पुष्टि भएको तथ्याङ्क स्वास्थ्य कार्यालयले दिएको छ । प्रभावकारी निर्णयका लागि औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, गुणस्तरीय निदानका तथा प्रभावकारी उपचारमा व्यवस्थापन गर्ने काममा जिल्लास्थित सबै संयन्त्र प्रभावकारी रूपमा लागेमा मात्रै औलो निवारणमा टेवा पुग्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुवँरले बताए ।

Blog Post Ad

औलो रोकथामका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, रोकथाम तथा महामारीका लागि प्रतिकारात्मक कार्य गर्ने काम हुँदै आएकोमा यसको नियमित र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको कुवँरले बताएका छन् ।

Blog Post Ad Blog Post Ad