Ad Area

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत


देउखुरी,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो।

यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

Blog Post Ad Blog Post Ad