Ad Area

कांग्रेसको अधिवेशन : डाँगी र बस्नेतको उम्मेदवारी


दाङ, २४ कार्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा दाङमा चुनावी गतिविधि बढ्दै गएको छ । नयाँ नेतृत्वका लागि नेताहरुले आ–आफ्नो दावी गरिरहेका बेला संघीय क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा चित्रबहादुर डाँगी ‘निर्मल’ र संघीय क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा दुई नेताहरुले बुधवार घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ संरचनामा पार्टीलाई संगठित, क्रियाशिल बनाउँदै पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई हटाउनका लागि आफूहरुले उम्मेदवारी घोषणा गरेको दुवै नेताले बताए । साथै उनीहरुले पार्टीलाई तल्लो तहसम्म संगठित गर्दै पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको अभियानलाई जनतासम्म पु¥याउनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलननमा बोल्दै प्रतिनिधिसभा क्षेत्रीय सभापतिका उम्मेदवार चित्रबहादुर डाँगी ‘निर्मल’ पार्टीलाई संगठित, व्यवस्थित बनाउँदै पार्टीभित्रको गुटवन्दीलाई अन्त्य गरेर आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी गराउनका लागि आफूुले उम्मेदवारी घोषणा गरेको बताए । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफूलाई बिजयी गराउन समेत आग्रह गरे ।‘लामो समयदेखि पार्टीमा आवद्ध रहेर काम गरेको अनुभव छ, त्यही अनुभवका आधारमा पार्टी सञ्चालन गर्नका लागि उम्मेदवारी घोषणा गरेको छु’, उनले भने– ‘मेरो उम्मेदवारी गुटगत नभएर समग्र कांग्रेसको जीतका लागि हो ।’

उनले आफूहरुको उम्मेदवारी कांग्रेसको नेता तथा कार्यकर्ताहरुको चाहनाअनुसार भएको बताएका थिए । २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा साविकको नारायणपुर गाविस वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित भएदेखि हालसम्म पार्टीले खटाएर अनुसार विभिन्न पद र संसघस्थामा बसेर काम गरेकाले अहिले संघीय क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी रहेको बताए । अहिले घोराही उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष समेत रहेका डाँगी नारायणपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।

त्यसैगरी संघीय क्षेत्र नं. २ ‘ख’ अभियान बस्नेतले तल्लो तहसम्म पार्टी संरचनालाई संगठित र व्यवस्थित गर्दै सबै वडाहरुमा पार्टी कार्यालय स्थापना गर्नका लागि आफुले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।

नेपाल तरुण दल दाङको कोषाध्यक्ष, नारायणपुर उद्योग बाणिज्य संघको अध्यक्षलगायत पार्टीको निर्देशन अनुसार विभिन्न जिम्मेदवारीमा बसेर काम गरेकाले पार्टीको १४औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी रहेको भन्दै त्यसका लागि सहयोग गर्न समेत बस्नेतले पार्टीका सम्पूर्ण अग्रज नेता, क्षेत्रीय प्रतिनिधिलगायतका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

Blog Post Ad

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेताहरु अनिता देवकोटा, विरकेश्वरी गौतम, कमलकिशोर घिमिरे, किरणकिशोर घिमिरे, भोजराज पाण्डेय, धुर्व ज्ञवाली, खगराज पाण्डेयलगायतनेताहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad