Ad Area

हाप्किडो संघ प्युठानमा नयाँ समिति चयन


प्युठान,४ जेठ । नेपाल हाप्किडो संघ प्युठानको अध्यक्षमा प्रेम पुनमगर निर्वाचित भएका छन् । विहिबार सरुमारानी गाउपालिकाको बड्डाडामा भएको दोश्रो अधिवेशनले पुनमगर अध्यक्ष रहेको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा गणेश राना, उपाध्यक्षमा जागेश्वर पोख्रेल, जीवन रोका मगर र सचिवमा एमराज पाठक चयन भएका छन् । संघको सहसचिवमा रमिता बिटालु र कोषाध्यक्षमा कुमारी खड्का क्षेत्री चयन भएकी छिन । अधिवेशनले सदस्यमा इश्वरी पुन, विक्रम जिएम, लोकेन्द्र केसी, मुक्तबहादुर नगरकोटी, विजुला सुनारलगायतलाई चयन गरेको छ ।

नेपाल हाप्किडो संघ प्युठानका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा सरुमारानी गाउँपालिका अध्यक्ष झगवहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको विशिष्ट आतिथ्यतामा अधिवेशन भएको थियो ।

अधिवेशनमा सरुमारानी गाउपालिका उपाध्यक्ष बसन्ता खड्का, गाउपालिका प्रशासकीय प्रमुख देवीराम पाठक, कार्यपालिका सदस्य मोहमद हलिम हलुवाई, ४ नम्बर वडा अध्यक्ष चिन्तबहादुर सोमई मगर, गाउपालिका युवा तथा खेलकुद बिभाग प्रमुख जागेश्वर् पोख्रेल, गाउँपालिका समन्य समितिका प्रमुख बसन्त जिसीलगायत नौ वटा पालिकाका प्रतिनिधि, प्रशिक्षक र खेलाडीहरुको उपस्थित थियो ।

Blog Post Ad Blog Post Ad