Ad Area

तुलसीपुरमा भूमिहिनको जग्गा नाप नक्सांकन सुरु


प्रकाश चौधरी
तुलसीपुर,९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकनको कार्य सुरु भएको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वय र उपमहानगरको आयोजनामा आज मंगलवार एक कार्यक्रमको आयोजना गरी वडा नं. ६ वाट नाप नक्सांकनको कार्य सुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले टोटल स्टेसन हेरेर उद्घाटन गर्नुभएको थियो । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँचको कार्य अगाडी बढाइने पालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पालिकाभित्र अहिले २३ हजा ३ सय २६ जनाको तथ्याङक रहेको बताउदै नापी टोलीलाई वडा सहजीकरण समिति लगायत आम जनताले सहयोग गर्नुपर्ने र विचौलियावाट बच्न समेत आग्रह गर्नुभयो । साथै उहाँले नापजाँचको कार्यलाई निरन्तर रुपमा अगाडी बढाउन र आवश्यक सहयोग पालिकाले गर्ने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै आयोगका अध्यक्ष लेखराज सिंहले निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकामा नापजाँचको कार्य अगाडी बढेको बताउनुभयो । छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पु¥याउने गरी आयोग अगाडी बढेको बताउदै उहाँले अव सवै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाई रहेको बताउनुभयो ।

पालिकामा लगत प्रविष्टीकरणका कार्यमा ढिलाई भएका कारण नापनक्सांकनको कार्यमा ढिलाई भएको बताउदै कार्यान्वयनमा समस्या भएको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य कमला जिसी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

नापी टोलीका सर्भेक्षक अक्षय कुमार चन्दको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण भूमि सेवा केन्द्रका प्रमुख माधव पौडेलले गर्नुभएको थियो । हाल जिल्लाभर ७६ हजार ३ सय ७ जनाको निवेदन रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad