Ad Area

पानी पार्न सामुहिक रुद्री


दाङ, २५ जेठ । लामो समयसम्म पनि पानी नपरेपछि गर्मी अत्याधिक बढेको छ । गर्मीका कारण कतिपय ठाउँहरुमा विद्यालयहरु विदा समेत गरिएको छ ।

निरन्तर लामो समयसम्म पानी नपर्दा गर्मी बढेको र किसानले रापेको कृषी बालपनि मर्ने अवस्था आएको भन्दै घोराहीमा रुद्री पूर्जा गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १८ शंखे पिपलमा आज विहीवार सामुहिक पूजापाठ गरिएको हो । १२ जना पण्डितहरुले सामुहिक रुपमा रुद्री पाठ गरेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं १४ जेष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राहमण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा रुद्री पाठ गरिएको हो ।

सामुहिक रुद्रीपाठ कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं १४ जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा जेष्ट नागरिक जयदेव भट्टराइको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्याल, वडा नं १५ का वडाध्यक्ष रमेशकुमा पाण्डे, वडा नं १५ का वडा सदस्यहरु माधव श्रेष्ठ, उत्तम बुढाथोकी, पतञ्जली योग समितिका शारदा पोख्रेल, ब्राह्मण समाजका ई ऋषिराम शर्मा, श्रीप्रसाद श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad

कार्यक्रमको सहजीकरण मधुसदुन अधिकारीले गरेका थिए । सामुहिक रुद्री पाठका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गरेका थिए ।

Blog Post Ad Blog Post Ad