Ad Area

बालविकास माविमा निर्वाचनमार्फत चुनिए क्याप्टेन र भाईस क्याप्टेन


घोराही, २६ जेठ । घोराहीस्थित एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले निर्वाचन प्रणालीका बारेमा व्यवहारिक ज्ञान हासिल गर्दै आफ्ना नेता तथा उपनेता चयन गरेका छन् ।

घोराही १४ मा रहेको बालविकास माविमा शुक्रबार निर्वाचनका माध्यमबाट विद्यार्थीले विद्यालय क्याप्टेन र भाईस क्याप्टेन छनोट गरेका हुन् । विद्यालय क्याप्टेनको छात्रतर्फ कक्षा १० को डी सेक्सनमा अध्ययनरत याकुजा वली निर्वाचित हुनुभएको छ भने छात्रातर्फ कक्षा १० को डी सेक्सनमा अध्ययनरत दिलसा चौधरी निर्वाचित हुनुभएको छ । छात्र क्याप्टेनले ३ सय ६० मत र छात्रा क्याप्टेन चौधरीले २ सय ६१ मतका निर्वाचित हुनुभएको छ ।

यसैगरी, विद्यालयको भाईस क्याप्टेन अन्तरगत छात्रतर्फ कक्षा १० ए सेक्सनका सुशील भण्डारी निर्वाचित हुनुभएको छ भने छात्रातर्फ कक्षा १० को डी सेक्सनकी निमा बिक भाईस क्याप्टेनका रुपमा निर्वाचित हुनुभएको छ । भाईस क्याप्टेनका लागि भण्डारीले २ सय ५१ र बिकले २ सय ५६ मत प्राप्त गर्नुभएको मतदान अधिकृत एवम् शिक्षक लक्ष्मी केसीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई चुनावी प्रक्रियाका बारेमा व्यवहारिक ज्ञानका बारेमा जानकारी दिन र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्याप्टेन र भाईस क्याप्टेन चयन गर्न पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै उम्मेदवारी दर्ता गराएर निर्वाचन गराएको उहाँले बताउनुभयो । निर्वाचन सम्पन्न गराउन विद्यालयका शिक्षकहरुले भूमिका खेल्नुभएको थियो ।

निर्वाचन के हो ? यसका प्रकृया के के हुन्छन् ? मतदान कसरी गर्ने ? मतपेटिका, मतपत्र, मत व्यक्त गर्ने तरिकाका बारेमा व्यवहारिक ज्ञान लिँदै विद्यालयको क्याप्टेन र भाईस क्याप्टेन चुन्न पाएकोमा आफुलाई निकै खुशी लागेको कक्षा ९ मा अध्ययनरत बिस्तारी बुढामगरले बताउनुभयो ।

Blog Post Ad

यसअघि निर्वाचनका बारेमा कितावमा पढेको भएपनि व्यवहारिक रुपमा उम्मेदवारलाई छनोट गरी पहिलो पटक मतदानमा सहभागी हुनुभएकी कक्षा १० मा अध्ययनरत पुस्कर कँडेलले यस प्रकारको अभ्यासले समग्र निर्वाचन प्रकृयाका बारेमा धेरै कुराको ज्ञान लिने अवसर मिलेको अनुभव सुनाउनुभयो । विद्यालय परिसरमा छात्र छात्रा मैत्री वातावरणमा गरिएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ९ सय २७ विद्यार्थी मतदाता रहेका थिए । जसमध्ये ८ सय ८८ जनाले मतदानमा भाग लिएको निर्वाचन अधिकृत मत खसेको निर्वाचन अधिकृत एवम् सहायक प्रधानाध्यापक झग्गुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनका माध्यमबाट सफल भएका क्याप्टेन र भाईस क्याप्टेनले यो शैक्षिक सत्रभर विद्यालयमा अनुशासन कायम राख्न तथा विद्यालयको शैक्षिक कृयाकलापलाई व्यवस्थित बनाउँदै विद्यालय प्रशासनलाई सघाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

Blog Post Ad Blog Post Ad