Ad Area

बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्ने


घोराही,३१ जेठ । चलचित्र विकास बोर्डको आयोजनामा हुने दाङमा हुने प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चार मन्त्री रेखा शर्माले गर्नुहुने भएको छ ।

दाङको घोराहीमा असार १–३ गतेसम्म हुन थालेको महोत्सवको उट्घाटन नेपाल सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शर्माले गर्नुहुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको बाल चलचित्र महोत्सवको पहिलो दिनको असार १ गतेको कार्यक्रम मन्त्री शर्माले उट्घाटन गर्ने तालीका तय भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो ।

महोत्सवमा नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, वरिष्ठ गायिका सत्यकला राई, लगायतका कलाकारहरुको उपस्थिती रहनेछ ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

बोर्डका प्रवक्ता एवम् महोत्सवका संयोजक केएल बुढाथोकीका अनुसार नायक केसीले ‘बालबालिकासंग भुवन केसी कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् ।

महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरी जवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, ुुबालबालिकासंग भुवन केसीू पुस्तक तथा फोटो प्रदर्शनी तथा अन्तर्किया कार्यक्रम आयोजना गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad