Ad Area

घोराहीमा फोहोरबाट ग्यास, पाइपबाट घरघरमा वितरण


लीलाधर वली
दाङ, ७ असार । घोराही उपमहानगरपालिका–१६ गरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदाबनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ । घरको छेउमै स्थापना भएको बायो ग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समस्या हटेको हो ।

विगत डेढमहिनादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्ने आपूmजस्तै महिला दिदीबहिनीलाई सहज भएको चौधरी बताउँछिन् । ‘पहिले खाना बनाउँदाबनाउँदै ग्यास सकिए ग्यासका लागि फोन गर्नुपर्ने या त आफै जानुपर्ने बाध्यता थियो या त दाउरा खोज्नुपथ्र्याे तर अहिले उद्योगले सिधै घरसम्म ग्यास पु¥याउन थालेपछि त्यो समस्या हटेको छ’, उनले भनिन्, ‘एलपी ग्यासमा खाना पकाउँदा पड्किने जोखिम पनि हुन्थ्यो, अहिले त्यो जोखिमबाट मुक्त पनि भएका छौँ ।’

दैनिक दाउराका भरमा भान्सा गर्दै आएका गरुवागाउँकै सितारामको परिवारलाई विगत डेढमहिनादेखि आगो बाल्न दाउरा, गुइँठा खोज्नुपर्ने बाध्यता हटेको छ । गरुवागाउँ निवासी सितारामले भने, ‘दाउराकै भरमा घरमा भान्सा गर्नुपर्ने बाध्यता थियो तर अहिले उद्योगले निःशुल्क रूपमा ग्यास दिन थालेपछि सजिलो भएको, दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।’

दाउराबाट खाना पकाउँदा समय धेरै लाग्ने र भाँडा माझ्न समेत समस्या हुने गरे पनि अहिले बायो ग्यासबाट पकाउँदा चाँडै खाना पाक्ने र भाँडा माझ्न समेत सजिलो हुने गरेको स्थानीयबासी बताउँछन् । बायो ग्यासले गर्दा बचेको समयमा बाहिरको काम गर्न पाइने गरेको उनी बताउँछन् ।

घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा फोहोरबाट प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्क रूपमा ग्यास वितरण गरेको छ । घोराही उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएपछि वैकल्पिक उर्जा र नेपाल उर्जा विकास कम्पनीको संयुक्त लगानीमा ग्यास उत्पादन गर्न थालिएको हो ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल उर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको ग्यास प्लान्टका सहायक पदम पौडलल बताउँछन् । उनकाअनुसार अहिले ग्यास चुलो वितरण र घरघरमा पाइपलाइन पु¥याउने काम भइरहेको छ ।

Blog Post Ad

उपभोक्ताले ग्यास उपभोग गर्नका लागि साढे १२ हजार तिर्नुपर्नेमा युएनडिपीले साढे ५ हजार अनुदान दिएको छ । सुरुमा ७ हजार तिरेपछि उपभोक्ताले ग्यास प्रयोग गरेको आधारमा थोरै शुल्क तिर्नुपर्ने छ । उक्त शुल्क अहिलेको खर्चभन्दा आधा हुने बताइएको छ ।

उद्योगबाट उत्पादित ग्यास पाइपलाइनबाट घोराही उपमहानगरपालिकाको १० र १६ नम्बर वडाका १ हजार ५ सय घरमा पु¥याइने परियोजनाको लक्ष्य रहेको छ । पौडेलले भने, ‘कम्पनीको करिब १५ सय बढी घरपरिवारलाई बायो ग्यास पु¥याउने लक्ष्य छ । जसअन्तर्गत् पहिलो चरणमा साढे सात सय घरमा पु¥याउने छौँ । त्यसमध्यमा ३५ घरमा अहिले निःशुल्क रूपमा ग्यास वितरण गरिरहेका छौँ ।’

ग्यासको मापन गर्ने मिटर बक्स नआएकाले अहिलेसम्म जडान भएका ३५ घरधुरीले निःशुल्क रूपमा ग्यास उपभोग गर्दै आएको पौडलले बताए । मिटरबक्स आएपछि ग्यास खपतको आधारमा पैसा लिन सुरु गर्ने उनी बताउँछन् । यसअघि एलपी ग्यास, दाउरा र गुइँठा प्रयोग गर्दै आएका स्थानीय अहिले पाइपलाइनबाट ग्यास चुलो प्रयोग गर्न पाउँदा हर्षित भएको उनी बताउँछन् ।

ग्यास प्लान्टका सहायक पौडेलकाअनुसार ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक २ हजार घनमिटर ग्यास उत्पादन र दैनिक ३ सय क्विन्टल फोहोर चाहिने भएको छ । फोहोरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहोर व्यवस्थापनमा सजिलो भएको छ । फोहोरबाट ग्यास उत्पादन भइसकेकोे र नगल्ने फोहोर मात्र किन्ने योजना उपमहानरपालिकाको छ तर फोहोर वर्गीकरण नहुँदा उद्योगका लागि पर्याप्त फोहोर आउन नसकेको उनको भनाइ छ ।

सम्झौताअनुसार उर्जा कम्पनीले २० वर्षपछि ग्यास उद्योग घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २०७५ मङ्सिर ५ गते सम्झौता भइ सुरु भएको परियोजना निर्माणका लागि करिब २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिगाह जग्गा उपलब्ध गराएको छ ।

फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने तयारी रहेको पौडेलले बताए । उनले भने, ‘फोहोरबाट ग्याससँगै कम्पोस्ट मल समेत उत्पादन गर्ने लक्ष्य छ तर अहिले ग्यास कम उत्पादन भइरहेको छ ।’ २० वर्षसम्मका लागि कम्पनीले आम्दानीको पाँच प्रतिशत उपमहानगरलाई रकम दिने सहमति भएको छ ।

Blog Post Ad Blog Post Ad