Ad Area

विकासनगर टोलद्वारा विद्युत कार्यालय घोराहीलाई सम्मान


घोराही, ९ असार । घोराही उपमहानगरपालिका–१५ स्थीत विकासनगर टोल विकास संस्थाले नेपाल बिद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ ।

बिगत धेरै बर्ष अगाडीदेखि विकासनगर टोल विकास सस्थामा रहेको लो भोल्टेजको समस्या समाधान गरिदिएको भन्दै शनिवार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । पहिले विद्युत जडान गरेपनि घरमा भएका बिद्युतिय सामग्री पानी तान्ने मेसिन, फ्रिज, पंखालगायतका सामान नचल्ने समस्या थियो ।

उक्त समस्या समाधानका लागि टोल विकास सस्थाका अध्यक्ष बेचन वलीको नेतृक्त्वमा २०७६ सालबाट बिद्युत कार्यालयमा पटक पटक ध्यानाकर्षण गराएका थिए ।
धेरै लामो समयपछि अहिले नेपाल बिद्युत प्राधिकरण घोराही बितरण केन्द्रले माग सुनुवाई गर्दै भोल्टेज ब्यबस्थापन गर्नको लागि विकासनगर टोल बिकास संस्थालाई ३ वटा ट्राँन्समिटर प्रदान गरी जडान गरीदिएको थियो ।

ठाँउ ठाँउमा नँया ट्रान्समिटर जडान भएपछि टोलबासी समस्या मुक्त भएका छन । सोहि अवसर पारेर विकासनगर टोलले टोलका अध्यक्ष तथा समाजसेवी बेचन वलीको नेतृक्त्वमा बरिष्ट उपाध्यक्ष खुशलराम पुन र संस्थापक अध्यक्षको उपस्थितिमा बिद्युत प्राधिकरण शाखामै गएर शाखाका प्रमुख मिथिलेस कुमार गोहिवारलाई टिका तथा खादा र प्रशंसा पत्रले सम्मान गरेको हो ।

शाखा प्रमुख गोहिवारले बिद्युत प्राधिकरण घोराही शाखाको उच्च मुल्याङ्कन गरी सम्मान गरेको भन्दै विकास नगर टोल बिकास संस्थाप्रति आभार प्रकट गरेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad