Ad Area

१४ औँ महाधिवेशन- दाङ कांग्रेस क्षेत्र नम्बर २ मा खड्का र डाँगी समुहको उम्मेदवारी घोषणा


घोराही २९, कार्तिक । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ मा दुई समुह भिड्ने भएका छन् । क्षेत्र नम्बर २ को प्रतिनितिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा दुई दुई समुहले आआफ्नो उम्मेदवारको प्यानल तयार पारेका छन् । शनिबार एक समुहले उम्मेदवारी घोषणा गर्यो भने अर्को समुहले आईतबार उम्मेदवारी घोषणा गरेको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता खड्काको प्यानलका लागि सचिवमा हिमबहादुर डाँगी, कमल गौतमको उम्मेदवारी घोषणा भएको छ भने सहसचिवमा रमेश पाण्डे, रञ्जित श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । उपसभापति क्षेत्र क र ख का सभापति हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचन पछि मनोनित हुने व्यवस्था रहेको छ ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ क को सभापतिमा प्रकाश श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । उपसभापतिमा पदम खत्री, तिलक भण्डारीको उम्मेदवारी घोषणा भएको छ । सचिवमा शिशिर अधिकारी, युवराज आचार्यको उम्मेदवारी घोषणा हुँदा सहसचिव पदमा विष्णु पोख्रेल, भुवनकुमार चौधरीको उम्मेदवारी घोषणा भएको छ ।

यस्तै, प्रदेश २ ख को सभापतिमा लालबहादुर गिरीको उम्मेदवारी घोषणाभएको छ । उपसभापतिमा ज्ञानबहादुर खत्री, शरद समीप बिकको उम्मेदवारी घोषणा भएको छ । यसैगरी, सचिवमा तिलक केसी, डिल्लीबहादुर वलीको उम्मेदवारी घोषणा हुँदा सहसचिवमा निर्मला न्यौपाने, युद्धकुमार डाँगीको उम्मेदवारी घोषणा भएको छ । सो अवसरमा सभापतिका उम्मेदवार खड्काले नेपाली कांग्रेसलाई एकतावद्ध बनाउँदै आगामी स्थानीय, संघीय, प्रदेश निर्वाचनमा जिल्लाबाट एक छत्र विजयी बनाउने गरी अभियान अघि बढाउन आफु मातहतको प्यानल सबैको सल्लाहमा बनेको बताए । हिजोको तिक्ततालाई त्याग्दै नवीन र चलायमान कांग्रेस बनाउने प्रतिवद्धता पनि जनाए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, पूर्व सभासद राजु खनाल, क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, पूर्व जिल्ला सभापति धनश्याम रेग्मी, निर्वाचित वडा सभापति, विभिन्न तह र तप्काका जिम्मेवार नेता कार्यकर्ताहरुको उपस्थिति थियो । पत्रकार सम्मेलनको सहजीकरण घोराही नगरसभापति तिलक रावतले गरेका थिए ।

यस्तै, आईतबार घोषणा गरेको समुहले कांग्रेस क्षेत्र नम्बर २ को सभापतिमा चित्रबहादुर डाँगीलाई उम्मेदवार तय गरेको छ । यसैगरी, सचिवमा आरके सितल र सन्तोष योगी उम्मेदवार तय भएका छन् भने सहसचिवमा शिव घिमिरे र प्रमोद पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशसभा अन्तर्गत २ (क) मा दुर्गा जिएमलाई सभापतिको उम्मेदवार तय गरिएको छ । उपसभापतिमा बलबहादुर ओलीले उम्मेदवारी घोषणा गरेका छन् भने अर्का एक उपसभापति भने चाँडै तय हुने बताईएको छ । सचिवमा माया पोख्रेल र प्रकाश पाण्डे, तथा सहसचिवमा माधव चौधरी र विकास जिसीले उम्मेदवारी घोषणा गरेका छन् ।

Blog Post Ad

यस्तै क्षेत्र नम्बर २ ख को सभापतिको उम्मेदवार अभियान बस्नेत बनेका छन् । यस्तै उपसभापतिमा गोविन्द दाहाल र विष्णु कुमार देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा नोखिराम केसी र शिवराज बस्नेत तथा सहसचिवमा लौटन चौधरी र जयभोला परियारले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई समुह बनाएर चुनावी मैदानमा होमिएका सबै उम्मेदवारहरु अहिले मत माग्नका लागि प्रचार प्रसारमा खटिएका छन् । दुई प्यानल बीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्रीय अधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको ३ मंसिरमा र प्रतिनिधिसभा अन्तर्गतको क्षेत्रको अधिवेशन ६ मंसिरमा हुँदैछ । यस अघि दाङ कांग्रेसले भदौ १८ गते वडा अधिवेशन र २६ गते पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।

Blog Post Ad Blog Post Ad