Ad Area

निर्वाचनको तयारी क्रिकेट संघ, सदस्यता नवीकरणका लागि आव्हान


दाङ,२३ असार । नेपाल क्रिकेट संघ(क्यान)ले निर्वाचनको मिति घोषणा गरेसँगै प्रदेश तथा जिल्ला शाखाहरु निर्वाचनको तयारीमा जुटेका छन् । आउने असोजको ५ र ६ गते हुने केन्द्रीय महाधिवेशनका लागि क्यानले साउन महिनाभित्र जिल्ला शाखा र भदौको दश गतेभित्र प्रदेशको अधिवेशन गर्नुपर्ने निर्णय गरेको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा क्रिकेट संघ दाङ पनि निर्वाचनको तयारी गरेको छ । क्रिकेट संघ दाङ (क्यान) का अध्यक्ष प्रदीप मजगैँयाको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला बैठकलेले निर्वाचनका लागि तयारीलाई अघि बढाएको हो ।

बैठकले यहि असार १५ गते नेपाल क्रिकेट संघको निर्णय अनुसार जिल्ला अधिवेशन गर्नुपर्ने भएकाले संघको विधान २०५५ को दोस्रो संशोधन २०७४ विधानको बमोजिम योग्यता पुगेका व्यक्ति तथा क्लबलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सदस्यता लिन र पुराना सदस्यहरुलाई नवीकरण गर्न आग्रह गरेको क्रिकेट संघ दाङका जिल्ला सचिव सन्जु क्षेत्रीले जानकारी दिएका छन् ।

नेपाल क्रिकेट संघका लुम्विनी तथा कर्णाली प्रदेश खेलाडी छनोट समितिका संयोजक कैलाश रोकामगरका अनुसार विधान अनुसार साधारण सदस्यता लिएका व्यक्ति तथा क्लबहरु मात्र आगामी जिल्लाको साधारणसभामा भाग लिन पाउने भएका छन् ।

सदस्यता प्राप्त गर्ने मापदण्डहरु

१) विगतमा तीन अलग–अलग वर्षमा ३ वटा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको पूर्व सिनियर खेलाडीहरु ( अनिवार्य प्रमाण पेस गर्नुपर्ने ) ।

Blog Post Ad

२) एउटा अन्तर्राष्ट्रिय सिनियर क्रिकेट प्रतियोगिता खेलेका पूर्व खेलाडीहरु (अनिवार्य प्रमाण पेस गर्नुपर्ने) ।

घ) आइसिसी एसिसी तथा नेपाल क्रिकेट संघद्वारा आयोजित प्रशिक्षण कार्यक्रमबाट श्रेणी (क) उत्तीर्ण गरेका अम्पायर कोच तथा स्कोररहरु ।

४) दुई कार्यकाल नेपाल क्रिकेट संघ क्षेत्रीय क्रिकेट विकास समिति वा जिल्ला क्रिकेट संघमा बसेका सदस्यहरु

५) विगत ८ वर्षमा दाङ जिल्ला क्रिकेट संघद्वारा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा २ वा सोभन्दा बढीमा भाग लिएका प्रमाण पेश गर्ने एकेडमीहरु (सूचना प्रकाशन भएको मितिसम्म
नेपाल सरकारको निकायमा दर्ता र नवीकरण भएका क्लब क्रिकेट एकेडमीहरू)

सदस्यता शुल्क

१) साधारण सदस्यः रु. ५००÷– साथै चार वर्षको नवीकरण अग्रीम दस्तुर वापत २५० का दरले जम्मा १५००÷–

(२) क्लबका लागि रु. ५०००÷– वार्षिक नविकरण रु १००० (एक मुष्ट ९ हजार) साथै अस्थायी (सदस्य हुन चाहने अन्य क्लबहरुले पनि यसै नियममा रहेर यस जिल्लामा आवद्ध हुन सक्नेछन ।

Blog Post Ad Blog Post Ad