Ad Area

बालबालिकालाई शिक्षा र आत्मनिर्भरका लागि युवालाई सिप


पार्वती बस्नेत
दाङ,७ साउन । घोराही बजारदेखि ३ किलोमिटर हिडेपछि बाटोको छेउमै लहरै एकछाने टिनले छाएका ५५ वटा घरहरु देखिन्छन् । एकनासको घर मात्रै होईन् त्यहाँ बस्नेहरुको मन पनि मिल्छ, मन मात्रै होइन् बिगतका दिनमा उनीहरुको पेशा पनि मिल्थ्यो । तर अहिले पेशा फरक भएपनि बिहान बेलुकाको छाक टार्ने दुःख अनि आफना बालबालिकाहरुको भबिष्यप्रतिको चिन्ता भने प्राय जसोको एउटै छ ।
घोराही उपमहानगरपालिका–१६ स्यानी अम्बापुर अर्थात मुक्त कमैया शिबिरको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्यानी अम्बापुरमा बसोबास गर्दै आएका मुक्त कमैयाहरुले आफनो आयआर्जनको लागी घोराही बजारका होटेल, पसल तथा घर निर्माणको ठाँउमा पुगेर ज्याला मजदुरी गर्दै आएका छन्, मुक्त कमैयाहरुले सिप सिकेर चालकको काम, ब्यवसायी बन्नलाई थोरै लगनीमा पसल संचालन, कटाई सिलाईको काम, त केहीले बाख्रा, कुखुरा तथा च्याउ उत्पादन गर्ने कामसँगै घरघरमा पुगेर तरकारी, फलफुल समेत बिक्री गर्दै आएका छन् ।

२०५७ सालमा सरकारले कमैया मुक्त घोषणा गरेको थियो । त्यसको केही समयपछि मुक्त कमैयाहरु घोराही–१६ स्यानी अम्बापुर बसेका थिए । बास बस्ने ठाउँ भेटाएपनि उनीहरुलाई बिहान र साँझ गाँस कसरी टार्ने भन्ने पिरलो थियो । त्यसँगै आफना सन्ततीको भबिष्यको पनि । दुःख पीडाको समयमा घोराहीउपमहानगरपालिका वाड नम्बर १५मा कार्यालय रहेको ग्रामीण महिला उत्थान केन्द्र दाङले मुक्त कमैया शिविर बस्ती बसेको सुरुवाती दिनदेखि नै सक्दो सहयोग गर्न थाल्यो ।

सुरुवाती दिनमा त्यस क्षेत्रका नागरिकहरुलाई खानेपानीको ब्यवस्थापन गर्नका लागी ट्याङकी निर्माण गर्नेदेखि महिलाहरुको जीबिकोपार्जनसँगै आय–आर्जनका लागी बिनाधितो कर्जा उपलब्ध गराई सिपमुलक बिभिन्न किसिमका तालिमहरु दिएको थियो । आफुहरुलाई अहिलेको स्थीतिमा आइपुग्नका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङले ठुलो सहयोग गरेको मुक्त कमैया शिविरकी सन्तोली चौधरी बताउँछिन ।
बिपन्न गरिव तथा सिमान्तकृत समुदायलाई उत्थान गर्ने हेतुले ग्रामीण महिला उत्थान केन्द्रले समुदायस्तरमा बिभिन्न कामहरु गर्दै आएको छ ।

मुक्त कमैया शिविरसँग जोडिएको बिगत सम्झदै ग्रामहिला तथा उत्थान केन्द्र संस्थाका अध्यक्ष आसमानी चौधरीले शिविरमा भौतिक पूर्वाधारसँगै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि ठुलो सहयोग गरेको बताएकी छिन । उनले अहिलेपनि ग्रामीण महिला उत्थान केन्द्रसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि. र सुनिता ट्रष्ट फाउण्डेसनबाट मुक्त कमैया शिबिरमा सक्दो सहयोग गर्दै आएको छ ।

संस्थाले त्यसक्षेत्रमा थ्रि जिरो क्लब, महिला समुह गठनसँगै गतबर्ष २०७९ श्रावणको महिनादेखि त्यस क्षेत्रका बालबालिकाहरुलाई पढाउदै आएको छ । विगतका दिनमा परियोजनाअन्र्तगत नै त्यस क्षेत्रका बालबालिकाहरुको भबिष्य सुनिश्चित गर्नका लागी संस्थाले हाम्रो सिकाई कक्षा संचालन गरेको थियो । संस्थाले आफुहरुलाई आत्मनिर्भर बन्नका लागी बिभिन्न किसिमका सिपमुलक तालिम दिएको स्मरण गर्दै अहिले फेरि आफनो छोराछोरीहरुको पढाईका लागी कक्षा संचालन गरिदिएर ठुलो गुण लाग्ने मुक्त कमैया शिविरकी सविता चौधरी बताउँछिन । कक्षा संचालन गर्नका लागी मुक्त कमैया शिविरमा रहेका एकजना बि.एस्सी आइ अध्ययन गर्दै गरेका युवालाई आफु पढदै बालबालिकाहरुलाई पढाउने जिम्मेवारी दिइएको हो ।

Blog Post Ad

दैनिक २घण्टासम्म बालबालिकाहरुलाई पढाउन थालेपछि त्यसक्षेत्रका अभिभावकहरुसहित बालबालिकाहरु अत्यन्त खुसी भएका छन् । हाम्रो सिकाई कक्षा (इीऋ) नामाकरण गरिएको कक्षामा शुरुको महिनामा ४२ जना बालबालिकाहरु पढ्न आउने गरेको शिक्षक श्रबण चौधरीले बताउँछन् । स्कुल बाट फर्केपछि बेलुका पढाइ हुने कक्षाले, बालबालिकाहरुको गृहकार्य गर्न सहज बनायो, नजानेका कुराहरु बुझन र सिक्नलाई सहज बनाईदियो परिणाम बिद्यालय जानै नमान्ने बालबालिकाहरु समेत दैनिक बिद्यालय जान थाले, बालबालिका जिज्ञासु बन्दै गए भने गत बर्षको अन्तिम परिक्षामा कोहि प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका छन् र फेल हुने बालबालिकाहरु पास भएको हाम्रो सिकाई कक्षाका शिक्षक श्रवण चौधरीले जानकारी दिनुभयो ।

हाललाई हाम्रो सिकाई कक्षा स्थगीत गरिएपनि शिबिरमा रहेका बालबालिकाहरुले नजानेको कुरा सोध्न आएपछि सिकाउने गरेको शिक्षक श्रवण चौधरीले बताउनुभयो । संस्थाले कुनै न कुनै माध्यमबाट मुक्त कमैया शिविरमा सहयोगसँगै पैरवी गर्दै आएको छ । पछिल्लो समय सुनिता ट्रष्ट फाउण्डेसनको माध्यमबाट थ्रि जिरो क्लब गठन गरेर युवाहरुलाई पढदै र सिक्दै भन्ने मनसायले व्यवसायमुखी च्याउ खेती तालिम दिएको थियो भने युवा उद्यमशिलता, प्रजनन स्वाथ्य तथा शसक्तिकरण सम्बन्धी बिभिन्न तालिमहरु संस्थाले प्रदान गर्दै आएको संस्थाका शिवा चौधरीले जानकारी दिएकी छिन ।

Blog Post Ad Blog Post Ad