Ad Area

दाङमा टिमुरको उत्पादनमा दोब्बरले गिरावट


घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ ।

जिल्लाबाट आव ०७८-०७९ मा २ लाख ४१ हजार ७ सय ४२ केजी निर्यात भएको थियो तर आव ०७९-०८० मा ५ हजार ९ सय ६ केजी मात्रै टिमुर नियात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार गतवर्ष करिब एक लाख ५५ हजार ८ सय ३६ केजी टिमुर कम निर्यात भएको छ ।


सहायक वन अधिकृत चौधरीका अनुसार आव ०७८-०७९ मा राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० केजी र निजी वनबाट २ लाख १२ हजा एक सय ९२ केजी टिमुर जिल्ला बाहिर निर्यात भएको थियो । जसबाट ३ लाख २० हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
०७९-०८० मा राष्ट्रिय वनबाट १३ हजार केजी र निजी वनबाट ७२ हजार ९ सय ६ केजी निर्यात हुँदा एक लाख ४५ हजार रूपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुन सक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भन्नुभयो, ‘जिल्लाबाट निकासी भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष करिब दोब्बर कम मात्रामा टिमुर निकासी भएको छ ।’

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिम्मुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।

आर्थिक वर्ष ०७८-०७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय केजी तेजपात, तीन हजार केजी अमला, ४३ हजार १० केजी रिठा, एक हजार ५ सय केजी बार्राे, लहरे गुर्जाे २ हजार ५ सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार केजी निर्यात भएको छ भने निजी वनबाट ०७९-०८० मा बर्रो ५ सय केजी, लहरे गुर्जाे २ हजार केजी, धाइरोको पूmल, बेलचना, पुदिना र भृङराज ५-५ सय केजी, दुधे–लहरा १५ सय केजी, ब्राहमी १ हजार केजी, चुत्रोको बोक्राका ७ हजार ७ सय केजी, दालचीनी ३ हजार केजी, टटेलोको बोक्रा ४ हजार केजी, कालीकाठको दाना १४ हजार केजी बिक्री भएको छ ।

निजी वनबाट आर्थिक वर्ष ०७८-०७९ मा २७ हजार ४ सय केजी दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार, मालागेडी ५५ हजार दुई सय केजी, तिगेडी, चुत्रो र कालीकाठ एक हजार केजी, पाषणवेद एक हजार ६ सय केजी, अमलावेद ६ सय ५० केजी निर्यात भएको थियो भने आर्थिक वर्ष ०७९-०८० मा दालचीनीको बोक्रा ७ हजार एक सय ४५ केजी, मालागेडी १३ हजार ५ सय, काउलो बोक्रा ४३ हजार ९ सय ९५ केजी, अमला फल एक हजार केजी, तिगेडी ५ हजार र कालीकाठ ८० हजार ८० केजी जडिबुटी निर्यात भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad