Ad Area

बजेट अभावमा खानेपानी योजना,सम्पन्न गर्नै समस्या


घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पु¥याउने उद्देश्यले चार बर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्याङकी पनि निर्माण भएको छ तर ट्याङकीसम्म पानी पुग्न सकेको छैन ।

दम्ती खोलाबाट तीन चरणमा लिफटिङ गरेर पानी पाँचपोखरीस्थीत ट्याङकीसम्म ल्याउनुपर्ने भएपनि बजेट अभावका कारण चार बर्षदेखि खानेपानी योजना पुरा हुन सकेको छैन । समयमै योजना सम्पन्न नहुँदा निर्माण भएको खानेपानी ट्याङ्की नै चर्किएको स्थानीय दलबहादुर घर्तीमगर बताउनुहुन्छ ।

घरछेउमै खानेपानीको ट्याङकी बन्दा अव पानी बोक्नुपर्ने दुःखका दिन जाने भएझै लागेपनि लामो समयसम्म योजना पुरा नहुँदा आस पनि मर्न थालेको घर्ती बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘सुरुमा धमाधम काम भएको थियो,त्यो बर्ष खानेपानीको ट्याङकी पनि बन्यो तर त्यसपछि काम नै हुन सकेको छैन । जस्ले गर्दा घर अगाडी खानेपानीको ट्याङकी भएपनि पानी खान पाइएको छैन् ।’

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ६ का विभिन्न बस्तीहरुमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले २०७५ सालमा बंगलाचुली खानेपानी योजनाको निर्माणको काम सुरु भयो । खानेपानी योजनाका लागि ट्याङकी निर्माणसँगै पाइप राख्ने काम भयो । चार चरणमा लिप्mट गरेर पानी ट्याङकीसम्म पु¥याउनुपर्ने भएपनि बल्लबल्ल ट्याङकीसँगै पहिलो चरणको काम सकिएपनि त्यसपछि उक्त खानेपानी योजनाको काम अघि बढ्न सकेको छैन् । दुई बर्षभित्र निर्माण सक्नुपर्ने काम प्रयाप्त बजेट नहुँदा चार बर्षसम्म पनि निर्माण हुन नसकेको स्थानीय बताउँछन् ।

यी दुई प्रतिनिधिमुलक खानेपानीका योजनाहरु हुन । प्रयाप्त बजेट नहुँदा जिल्लाका दुई सय बढी खानेपानी योजनाहरु समयमा निर्माण हुन सकेका छैनन् । बजेट अभावकै कारण करिव ६÷७ बर्ष अघि सुरु भएका योजनाहरु लामो समयसम्म निर्माण सम्पन्न नहुँदा अलपत्र पर्ने अवस्थामा रहेका छन् । कतिपय योजनाहरु निर्माण पुरा नहुँदै खानेपानीका लागि निर्माण गरिएको संरचनाहरु भत्किन थालेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा करिव ३ सय २५ बढी खानेपानी योजनाहरु रहेका छन् । तीमध्ये करिव दुई सय खानेपानीका योजनाहरु प्रयाप्त बजेट अभावका कारण समयमै निर्माण हुन नसकेका योजनाहरु रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर बसन्तकुमार दुलालले जानकारी दिनुभएको छ ।

Blog Post Ad

उहाँका अनुसार तीन सय बढी योजनामध्य ५३ वटाको ८० प्रतिशत, ३७ वटाको ५० देखि ८० प्रतिशत र ७६ वटा योजनाहरुको करिव ५० प्रतिशत काम भएका छन् । तर बजेट अभाव,डुब्लिकेशन र कतिपय योजनाहरु पार्ने तर ठाउँ नै पत्ता नलाग्दा १ सय १९ योजनाहरुको काम नै सुरु नभएको सूचनाअधिकारी दुलालले बताउनुभयो । उहाँले भन्नुभयो,‘खानेपानीका लागि योजनाहरु छन््, तर लागत स्टिमेट अनुसार बजेट न्यून बिनियोजन हुन्छ, जसका कारण योजनाहरुको काम नै सुरु हुन सकेका छैनन् । त्यसमध्ये कतिपय योजना तँ कागजमा छन्,कुन ठाउँमा काम गर्ने पत्तै लाग्दैनन् ।’

जिल्लामा संघीय सरकारअन्तर्गतका १ सय ८ र प्र्रदेश सरकारअन्तर्गत २ सय १२ वटा खानेपानी योजनाहरु रहेका छन् । प्रदेशअन्तर्गत सघन खानेपानी विकास कार्यक्रमअन्तर्गत २ सय ३१ वटा,खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत ५ वटा, सरसफाईतथा ढल व्यवस्थापन कार्यक्रम ४ वटा, खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा श्रोत संरक्षण कार्यक्रममा ३ वटा, जलवायु अनुकूलित बृह्त खानेपानी आयोजनामा २४ वटा, खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमअन्तर्गत १ वटा र तराई मधेश खानेपानी सुधार कार्यक्रमअन्तर्गत ५२ वटा खानेपानी योजनाहरु रहेका छन् । तीन सय बढी योजनाहरुमध्ये अधिकांस योजनाहरु करोडभन्दामाथिका रहेपनि बजेट बिनियोजन गर्दा पाँच हजार, दश हजार बजेट छुट्निे गरेको छ ।

 

Blog Post Ad Blog Post Ad