Ad Area

रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १५ जना घाइते


घोराही, २३ साउन । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सहिदमार्गअन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

दुर्घटनामा १४ जना घाइते हुनुभएको छ । दुर्घटनामा रोल्पा माडी गाउँपालिका–४ निवासी हस्ता डाँगी, सोही वडा निवासी गोरख डाँगी, माडी गाउँपालिका–२ निवासी प्काश बाठामगर र परिवर्तन गाउँपालिका निवासी भक्तबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले जानकारी दिनुभएको छ । बर्षादका कारण चिप्लो सडक भएका कारण बस दुर्घटना भएको प्रारम्भीक अनुमान रहेको प्रहरी प्रमुख सारु मगरले जानकारी दिनुभएको छ ।

रोल्पाको बाघमाराबाट हिडेको बस पानी परेर चिप्लो भएका कारण दुर्घटनामा परेको अनुमान प्रहरीको रहेको छ । बस सहिदमार्गअन्तर्गत रिचीको घुम्तीबाट करिव एक सय मिटर तह खोलामा थियो । दुर्घटनामा घाइतेहरुको उद्धारपछि रोल्पाको रेउघास्थीत जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ भने गम्भीर गाइतेहरुलाई घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad