Ad Area

कोभिडमा जस्तै व्यवसायीलाई करमा छुट गरिनुपर्छ : जोशी


अहिले कायम आर्थिकमन्दीका कारण हरेक क्षेत्र मारमा परेको छ । मन्दीका कारण बजार सुनसान प्राय देखिन्छन् । जसका कारण व्यापार क्षेत्र धरासायी बनेको छ । वर्तमान आर्थिकमन्दीले पारेको व्यवसाय क्षेत्रमा पारेको प्रभावका बारेमा संचारकर्मी हिमाल महराले दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उद्योग उपाध्यक्ष बसन्त जोशीसंग गरिएको कुराकानी ।

अहिले ब्यापार क्षेत्र कस्तो छ ?

आर्थिकमन्दीले अहिले हरेक क्षेत्र धरासायी छ। यसको मारमा व्यवसायिक क्षेत्र पनि परेको छ । यो मन्दीमा बैंकहरुले लोन दिन नसकेको अवस्था छ । यसले गर्दा व्यवसाय सञ्चालनमा धेरै समस्या छ । बजारमा ग्राहक छैनन् । ग्राहक नभए ब्यापार कसरी चल्छ ? घोराहीमा धेरै सटरहरु अहिले बन्द भएका छन् । व्यापार नचलेपछि व्यापार बन्द गरेर थुप्रै व्यवसायी पलायन भएको अवस्था छ । कतिपय व्यवसायको ब्यापारमा बोहनी समेत नहुने अवस्था छ । ब्यापार छैन, अर्कोतर्फ कर बढेको छ। यसले पनि ब्यापार क्षेत्रलाई थप धरासायी बनाएको छ । करको दर होईन दायरा बढाउनुपर्छ ।

व्यवसायीलाई के कस्ता असरहरु परेका छन अहिले ?

मैले अघि पनि भने धेरै व्यवसायीहरु अहिले पलायन भैसकेको अवस्था छ । ब्यापारिक सटरहरु थुप्रै बन्द भैसकेका छन् । ब्यापार गरिरहेकाहरुलाई पनि कसरी यो पेशामा टिक्ने भन्ने चिन्ता छ । दिनभरी बस्दा समेत बोहनी नहुने अवस्था आएको छ । युवा व्यवसायीहरु धेरै पछिल्लो समय व्यापार छोडेर विदेश पुग्नुभएको छ । कतिपय साथीहरु भने ब्यापार छोडेर घरमै बस्नु भएको छ । ब्यापारै हुन्न, भाडा तिर्ने पैसा नै हुँदैन, अनि कसरी ब्यापार गर्ने ? यस्तो अवस्था घरधनीले पनि घरभाडामा केहि सोच्नुपर्ने अवस्था आएको छ, बजारलाई व्यवस्थित गर्ने र बैज्ञानिक भाडादर लागुगर्ने बिषयमा व्यवसायीक संघ संस्थाहरुले पहल गर्न जरुरी छ। साथै करोडौं खर्च गरेर घरधनीले व्यवसायीक भवनहरु निर्माण गर्नु भएको छ, घरभाडामा जादैन, गएको पनि खाली भैरहेका छ्न घरधनी पनि धेरैनै मारमा पर्नुभएको छ कतिपय घरधनीले पनि घर बनाउदा ऋण लिनु भएको होला बैंक ब्याज किस्ता तिर्नुपर्छ व्यवसाय भए नै सबै कुरा सहज हुने थियो ।

यो कहिलेसम्म सहजता होला ?

Blog Post Ad

तत्कालै सहजता देखिन्न । पुसपछि केहि हदसम्म सुधार होला भन्ने आश गर्न सकिन्छ । पुससम्म कति व्यपारीहरु पलायन हुने भन्ने कुरा अर्को पाटो होला । तर त्यो अवधिसम्म ब्यापार टिकाउन सक्यौँ भने त्यसपछि केहि सहज हुने म देख्छु ।

पुसपछि सहज हुने आधार के छ ?

बैंकले लोनलाई सहज गर्दैछ । ब्याजदर कम हुने संकेत देखिएको छ । लोन पनि प्राप्त हुने अवस्था भयो भने सहज हुन्छ । यसर्थ ब्यवसायलाई आगामी पुससम्म हामीले टिकाउन सक्यौँ भने त्यसपछि सहज हुन्छ । म व्यवसायी साथीहरुलाई त्यो अवधिसम्म नआत्तिन पनि आग्रह गर्दछु ।

पहिलेको तुलनामा अहिलेको ब्यापार रेसियो कति फरक छ ?

कोभिड भन्दा पहिले र त्यसपछिको अहिलेको अवधिसम्म ब्यापार दर ५० प्रतिशतले घटेको देखिन्छ । अझ साना व्यवसाय सञ्चालकहरुलाई झनै समस्या छ । उहाँहरुलाई हताष किन पनि भएको छ भने हामी पनि बन्द हुने अवस्थामा पुग्यौँ भन्ने हो । तर केहि समय हामी नआत्तियौँ । केहि समयका लागि धेरै कमाउने सोच नराखौँ, टिक्ने कसरी टिक्न मात्र सकियोस् भन्ने मात्रै सोचौँ । त्यसपछि कमाई गरौँला भन्छु म ।

राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

सरकारले करबृद्धि गर्ने र कर उठाउने भन्ने नियत छ । हाम्रा व्यवसायिक संगठनहरुले यसमा सहजीकरण गर्नुपर्दछ । कोभिडको समयमा भएको जस्तै कर छुटलाई लागु गरिनु पर्नेमा सरकारले त्यसो गरेको छैन । अहिलेको यो आर्थिक मन्दीका बेलामा पनि कसरी कर छुट गर्न सकिन्छ ? त्यसतर्फ जिम्मेवार नेताहरु तथा व्यवसायिक संगठनहरु गम्भिर बनेर लागिदिएको खण्डमा व्यवसायीलाई धेरै सहज हुने थियो ।

Blog Post Ad Blog Post Ad