Ad Area

दाङमा जंगली च्याउ खादा एक जनाको मृत्यु


घोराही, ३१ साउन । दाङमा जंगली च्याउ खादा एक जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेकामध्य एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर विरामी परेकी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि वुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो । मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । उहाँका श्रीमान अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भैइरहेको छ । मंगलबार घर नजिकै जंगलमा भेटिएको च्याउ पकाएर खादा बंगलाचुली गाउँपालिका ४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।
दाङमा जंगली च्याउ खादा एक जनाको मृत्यु घोराही, साउन ३१ गते । दाङमा जंगली च्याउ खादा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेकामध्य एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर विरामी परेकी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि वुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो । मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । उहाँका श्रीमान अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भैइरहेको छ । मंगलबार घर नजिकै जंगलमा भेटिएको च्याउ पकाएर खादा बंगलाचुली गाउँपालिका ४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।
Blog Post Ad Blog Post Ad