Ad Area

प्रबलीकरण गरिएका घर परिवारलाई हस्तान्तरण


दाङ,२ मंसिर । घोराही र तुलसीपुरमा विहीवार प्रबलीकरण प्रविधिबाट बनेको घर हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाको नेतृत्व, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक रहयोग र युएसएआडीको तयार नेपाल परियोजनाको अनुदानमा निर्माण भएका भूकम्पीय जोखिम युक्त घरको प्रबलीकरण गरी घरधनीलाई हस्तान्तरण गरिएको हो ।

घोराही उपमहानगरापालिका वडा नं. १७ मा रहेको कमला चन्द र तुलसीपुर उपमहानगरपालिका वडा नं. ६मा रहेको भरत शर्माको एक तलाको पिलरवाला घरको तला थप्ने प्रयोजनको लागि प्रबलीकरण गरिएको हो । उक्त प्रबलीकरण गरिएको घर वडा अध्यक्ष एवं नगर बातारण तथा विपद व्यवस्थापन समिति तुलसीपुरका संयोजक नवराज लामिछाने र घोराही उपमहानगरपालिकाका भवन तथा सडक मापदण्ड विकास शाखा प्रमुख ईन्जिनियर रामधन श्रेष्ठले घरधनीलाई प्रविधि हस्तान्तरणको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रमाण पत्र हस्तारन्तरण कार्यक्रममा बातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले पुराना र कम्जोर भवनहरुलाई भूकम्पीय प्रतिरोधी बनाउने एक मात्र प्रविधि प्रबलीकरण भएकाले प्रविधिको अवलम्बन गर्नुपर्ने बताए । साथै उनले प्रबलीकरण गर्न चाहने वडा नं. ६ को घरधनीले सम्पर्क गरेमा वडाले अनुदानको व्यवस्था गरेको समेत उनले बताए ।

ईन्जिनियर अखिल पोख्रेलले नगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउदा आफनो सुरक्षित हुने बताए । त्यस्तै ईन्जिनियर रामधन श्रेष्ठले भूकम्पलाई सामान्य रुपमा नठानी भविष्यमा हुन सक्ने क्षेतिलाई आकलन गरी भूकम्पीय जोखिमबाट बच्नको लागि भवन मापदण्ड पालना घर बनाउन र कम्जोर तथा पुराना घरलाई प्रबलीकरण गरी भूकम्प प्रतिरोधी घर बनाउन सबैमा आग्रह गर्दै प्रबलीकरण कार्य विधि बनाई लागु गरिने पनि जानकारी गराएका थिए । दाङमा हालसम्म ७ वटा भवन प्रबलीकरण भइसकेका छन् ।

Blog Post Ad Blog Post Ad