Ad Area

अत्याधिक महंगीले उपभोक्ता मारमा


घोराही, ३ मंसिर ।

गत कात्तिक ३० गतेका दिन नेकपा विप्लवले नेपाल बन्द आह्वान ग¥यो । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरिएको थियो । बन्दको मारमा परेको भएपनि कतिपयले मूल्य घटाउनका लागि दवाव ठिकै माने । कतिपयले भने पेट्रोलियम पदार्थको तुलनामा अन्य बस्तुको मूल्य अत्यन्त धेरै बढेको भन्दै ति बस्तुको मूल्य घटाउनका लागि पनि बोल्न आग्रह गरे । सामाजिक सञ्जालमा बन्दको आलोचना गर्दैै अन्य उपभोग्य बस्तुमा भएको अत्यधिक मूल्यबृद्धिले पारेको समस्याप्रति आक्रोश देन्थ्यिो ।

केही समय यता दैनिक उपभोग्य सामग्रीहरु जस्तै दाल, चामल, नुन, तेल, तरकारी, फलफूल, औषधिको मुल्य अहिले निकै आकाशिएको छ । कोरोना कहरपछि नेपालमा विलासिताका वस्तुको माग घट्दै गएको मौका छोपी व्यवसायीहरुले दैनिक उपभोग्यबस्तुको भाउ बढाएको बताइन्छ । अहिले दैनिक उपभोग्य बस्तु नुनदेखि तरकारी, चामलदेखि दालसम्मको बस्तुभाउको खपत बढेसँगै मुल्य पनि निकै आकाशिएको छ । बस्तुको अपत बढ्दा आपूर्ति नियमित हुन नसकेको, खरीद नै महंगो परेकोलगायत बहाना बनाउँदै व्यापारीले दैनिक उपभोग्य बस्तुको मुल्य बढाएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको असर उपभोक्ताको भान्सासम्म प्रत्यक्ष पुगेको छ । आलीदेखि थालीसम्म खाद्य बस्तु पु¥याउँदा लाग्ने लागतको आधारमा बस्तुको मुल्य बढेको बिक्रेताहरुको भनाई छ । यही अवस्थाको मौका छोपी बजारमा अभावको अनावश्यक हल्ला फैलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने र धेरै मुनाफा कमाउनेहरुको संख्या पनि उत्तिकै छ ।

कोरोना कालमा धेरैले क्रृत्रिम अभाव सिर्जना गरी उपभोग्य बस्तु महंगोमा बिक्रि गरेको उदाहरण जिल्लामा प्रशस्त छ । खासगरी, जीवन चलाउनका लागि चाहिने दैनिक उपभोग्य बस्तुको मुल्य आकाशिँदा ज्याला मजदुरी गरी गुजारा गर्नेहरु बढी प्रभावित भएका छन् । कोरोना महामारी शुरुभएयता उकालो लागेको मुल्य वृद्धिको सिलसिला अहिले पनि जारी छ ।

यसबीचमा उपभोग्य बस्तुको लागत र खपत अनुपात असमान हुँदा मुल्यमा व्यापक अन्तर आएको व्यवसायीहरुको भनाई छ । जिल्लामा अहिले खाने तेल, चामल, दाल, तरकारी लगातका दैनिक उपभोग्य वस्तुको मुल्य छोईसक्नु छैन । खरीद नै महंगो परेपछि होटल रेष्टुरेण्टहरुमा पनि व्यवसायीहरुको आफ्ना परिकार र सेवाको मुल्य बढाएका छन् । कतिपयले खरीद नै महंगो पर्ने भएपनि आफ्नो सेवामा कटौती गरेका छन् ।
बजारमा अहिले तेलको प्रतिलिटर दुई सय ८० देखि तीन सय ५० रुपैँयासम्म पुगेको छ । ६ महिना अघि २५ केजीलाई एक हजार तीन सय पर्ने चामलको मूल्य एक हजार सातसय सम्म पुगेको छ भने तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा अहिले एक केजी टमाटरको मूल्य १३० सम्म पुगेको छ । यस्तै सिमी काउली, बन्दागोभीको मूल्य बढेर टुप्पी कसेको छ । सरकारले खाना पकाउने ग्याँसको मूल्य प्रति सिलीन्डर ७५ रुपैँयाले बढाएर एक हजार पाँच सय ७५ रुपैँया पु¥याएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य पनि बढ्दा यसको प्रत्यक्ष असर निम्न वर्गका उपभोक्ताहरुमा परेको छ ।

Blog Post Ad

बजारमा बढेको मुल्य वृद्धिका विषयमा सरोकार निकायले केही चासो लिएजस्तो गरेपनि प्रभावकारी भने हुन सकेको छैन । दशैँ, तिहारको मौकामा बढेको तरकारीको बजारको भाउ अझै उस्तै छ । यो बेलामा तरकारी पाउन थालिएपनि मुल्य घटेको छैन । खाद्य बस्तुको अवस्था पनि उस्तै छ । खासगरी, खाने तेलको मुल्य बढेकोमा उपभोक्ता तीन छक्क परेका छन् ।

उता, व्यापारीहरुले भने कच्चा पदार्थ खरीद गर्दा नै मुल्य बढेकाले तेलको मुल्य बढेको बताउने गरेका छन् । खासमा भएको के हो भन्ने बारे यकिन अवस्था भने पहिचान नगरिएको उपभोक्ताहरुको गुनासो छ । स्थानीय तहको उपभोक्ता हीत संरक्षण शाखा, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, प्रहरीलगायतको संयुक्त टोलीले बजारको अनुगमन गरेपनि खाद्य बस्तुमा भएको मुल्य वृद्धिका बारे नबोल्ने गरेको घोराही १५ का रमेश उप्रेतीको भनाई छ ।

उपभोक्ता हीत संरक्षण शाखाले खाद्य बस्तुको अवस्था, गुणस्तर भए नभएको, म्याद, लेभलिङलगायतका विषयलाई ध्यान दिने गरेपनि मुल्यको विषयमा चासो नदिएको उहाँको आरोप छ । बजारमा हुने अनुगमन केवल अनुगमनका लागि मात्रै हुने गरेको हुँदा उपभोक्ता बारम्बार मारमा परेको नागरिकको गुनासो छ । नागरिकलाई स्वस्थ खाद्य बस्तु उपलब्ध गराउनुपर्छ भन्ने उपभोक्ता हीत संरक्षण शाखाको प्राथमिकता रहेको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीघर अधिकारीको भनाई छ ।

नेपालमा खुला बजारको सिद्धान्तविपरीत बजार सञ्चालन भएको हुने हुँदा बस्तुको माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुने भए पनि व्यापारीहरू अस्वाभाविक रूपमा वस्तुको भाउ बढाउने गर्दछन् । आयात घट्नासाथ व्यापारीले तत्काल स्टककै बस्तुको मूल्य बढाएर बेच्ने गरेका छन् । जिल्लाको सबैभन्दा पुरानो र ठूलो व्यावसायिक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा कुनै पनि बस्तुको क्रृत्रिम अभाव सिर्जना गरी बस्तु बिक्रि नगर्न र गरेका पाईएमा कडा कारवाही हुने चेतावनी दिँदै आएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जिल्लामा कोरोना कालमा पनि उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध होस् भनेर घुम्ती सेवादेखि होम डेलिभरी सेवा समेत प्रदान गरेको स्मरण गराए । जिल्लामा अहिले दैनिक उपभोग्य बस्तुमा भएको अस्वाभाविक मुल्य वृद्धिमा राज्य संयन्त्र दोषी रहेको उनले बताए ।

आयात प्रतिष्थापन गर्ने खालका नीति बनाउँदै आन्तरिक श्रोतबाट उत्पादन बढाउन सकेको खण्डमा बजारमा देखिएको मुल्य वृद्धिमा रोक लगाउन केही सहज हुने उनको भनाई छ । सबै बस्तु बाहिरबाट खरीद गरेर ल्याउनु पर्ने बाध्यता भएको बेला ढुवानी भाडा बढ्दै गएको, खरीद गरिएको बस्तुको मुल्य बढ्दै गएको हुँदा उपभोक्तलाई उपभोग्य बस्तु खरीद गर्दा मुल्य निकै चर्को पर्ने अवस्था आएको अध्यक्ष बुढाथोकील बताए ।

मुल्यमा एकरुपता छैन्
जिल्लामा रहेका पसलहरुमा मुल्यमा एकरुपता नभएको देखिएको छ । दैनिक उपभोग्य बस्तु दाल चामल देखि हरियो तरकारीहरुमा समेत मुल्यमा एकरुपता छैन् । मुल्यसूची राखेर त्यही अनुसार कारोवार गर्नुपर्ने भएपनि मनलाग्दी रुपमा उपभोग्य सामानहरु बिक्रि भैराखेका छन् । यसलाई व्यवस्थित गर्नका लागि नियमित रुपमा अनुगमन गर्नुपर्ने भएपनि चाडपर्वमा मात्र अनुगमन गर्ने गरिएको छ । अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा बजारमा मनलाग्दी सामग्रीहरु बिक्रि गरिरहेको नागरिकहरुको गुनासो छ ।

Blog Post Ad Blog Post Ad