Ad Area

दाङ प्रदेश निर्वाचन क्षेत्र सभापतिमा ६ पदका लागि १३ जनाको उम्मेदवारी


घोराही ३, मंसीर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार दाङमा ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरिएको छ । दाङबाट प्रदेश सभापतिको निर्वाचन क्षेत्र लागि १३ जना आकांक्षीले मनोनयन दर्ता गराएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं. १ को (क) को सभापति पदका लागि ताराबहादुर डिसी र श्रीपद चौधरीले टिमसहित उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं. १ को (ख) मा सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले टिमसहित उम्मेदवारी दर्ता गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं. २ को (क) को सभापति पदका लागि प्रकाश क्षेष्ठ र दुर्गा जिएमले आफ्नो टिमसहित उम्मेवारी दर्ता गराएका छन् । क्षेत्र नं. २ को (ख) मा अभियान बस्नेत र लालबहादुर गिरीले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, दाङ निर्वाचन क्षेत्र नं. ३ को (क) को सभापति पदका लागि देबेन्द्र रिजाल र बलिराम खत्रीले आफ्नो टिमसहित पुगेर उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (ख) को सभापतिका लागि खिमबहादुर वली, टिकाराम घर्ती र र चुडामणि ढकालले उम्मेदवारी दर्ता गरेका छन ।

बिहान साढे १० बाट शुरु भएको मनोनयन दर्ताको समय दिउँसो अबेरसम्म चल्यो । जिल्ला निर्वाचन समिति दाङका संयोजक युवराज बस्नेतका अनुसार उम्मेदवारी दर्ता गराएकाहरुलाई चुन्न शनिबार मतदान हुने भएको छ । उनका अनुसार जिल्लाका ६ वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा १०३ प्रदेश प्रतिनिधिका लागी निर्वाचन हुन लागेको छ । यस्तैगरी सहसचिव लगायत विभिन्न पदाधिकारी गरी ४२ पदका पनि निर्वाचन हुन लागेको छ ।

यद्यपि, केही आरक्षित पदमा निर्विरोध निर्वाचित भईसकेका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख) को प्रदेश महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। यस्तै, प्रदेश निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश महाधिवेशन प्रतिनिधि सभामा आदिबासी जनजातितर्फ धुर्बकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका हुन्।

Blog Post Ad

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा समिम सिद्विकी निर्विरोध निर्वाचित भएका छन् भने ३ को (क) चुर्णबहादुर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा थारूतर्फकै मधु चौधरी पनि प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ।

नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रदेशमा पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

Blog Post Ad Blog Post Ad