Ad Area

मेट्रो कलेज : जहाँ छोरीहरुले पढ्छन् नि:शुल्क प्राविधिक शिक्षा


०७२ सालमा मुलुकमा नयाँ संविधान जारी भएर आएका स्थानीय तहले आफ्नो अधिकार प्रयोग गदैै केही उदाहरणीय काम गरेका छन् । जस्तो की, तुलसीपुर उपमहानगरपालिले आफै प्राविधिक शिक्षालय सञ्चालन गरेर छोरीहरुलाई पढाईरहेको निःशुल्क प्राविधि शिक्षा ।

दाङ । तुलसीपुरकी पुजा पुरी सानैदेखि इञ्जियिनरिगं पढ्न चाहन्थिइन् । तर प्राविधिक विषय खर्चिलो भएकाले परिवारले पढाउन सक्ने स्थिती थिएन । तर प्राविधिक विषय पढ्ने उनको त्यो सपना तुलसीपुरको मेट्रो कलेजले पुरा गरिदियो ।

तुलसीपुरको सामुदायिक विद्यालयबाट एसइइ दिएकी उनी अहिले मेट्रो कलेजमा निःशुल्क मेकानिकल ईञ्जिनियरिगं पढिरहेकी छन् । जहाँ उनी मेकानिकल ईञ्जिनियर बन्ने आफ्नो सपना पुरा गर्दैछिन् ।

पुजाजस्तै प्राविधिक विषय पढ्ने रहर तुलसीपुरकी ललिता रेग्मीलाई पनि थियो । कृषि विषय पढेर केही गर्न चाहिन्थइन् उनी । तर परिवारीक स्थितीले साथ नदिदा पढ्न पाउँदैनकी भन्ने चिन्ता उनमा थियो ।

प्रविधिक विषय पढ्ने लिलताको सपना केही गरी पनि रोकिएन । तुलसीपुरको सामुदायिक विद्यालयबाट एसईई दिएकी उनलाई मेट्रो कलेजले निःशुल्क पढाईदियो । अहिले उनी कृषि विज्ञान तर्फ दोस्रो वर्षमा अध्ययन गर्दै छिन् ।

छोरी पढाई रहेको उपमहानगर

Blog Post Ad

तुलसीपुर उपमहानगरले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा पुजा र ललिता जस्तै थुप्रै छोरीहरुले प्राविधिक विषय पढ्ने सपना पुरा गर्दैछन् । तुलसीपुर १२ हरिपौरा स्थित यो कलेजमा करिब तीन सय छात्राहरुले निःशुल्क प्राविधिक शिक्षा पढिरहेका छन् । उपमहानगरले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईई गरेका सबै छात्राहरु निःशुल्क प्राविधिक विषय पढाउदै आएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी)को साझेदारीमा तुलसीपुर मेट्रो कलेजमा विभिन्न प्राविधिक विषयहरु पढाई हुन्छन् । डिप्लोमा तहमा वन विज्ञान, बाली विज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्यापन हुन्छन् भने प्रि डिप्लोमा तहका इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि पनि पढाई हुन्छन् ।

हाल करिब आठ सय विद्यार्थी अध्ययनरत यो कलेजमा ७० प्रतिशत त छात्राहरु मात्रै छन् । त्यसमा तीन सय बढी छात्राहरुले निःशुल्क प्राविधिक शिक्षा अध्ययन गरिरहेको शिक्षालयका प्रमुख बसन्त आचार्य बताउँछन् । उनले उपमहानगरभित्रका सामुदायिक विद्यालयबाट एसईई दिएका छात्राहरुलाई दुई लाख बढी लाग्ने प्राविधिक विषयका शिक्षाहरु निःशुल्क पढाई रहेको बताए ।

‘प्राविधिक शिक्षामा छोरीहरुको पहुँच बढाउँन पालिका भित्रका विद्यालयबाट एसईई दिएका छात्राहरुलाई निःशुल्क पढाईरहेका छौं’ कलेजका प्रमुख आचार्य भन्छन्, ‘दुई लाख खर्च लाग्ने विषयहरु यहाँ निःशुल्क पढ्न पाउँछन् । यसमा कुनै सिट संख्या पनि तोकेका छैनौं ।’

उनले आर्थिक अवस्था कमजोर भएका र अभिभावक बिहिन छात्राहरुले प्रविाधिक शिक्षा पढ्ने सपना पुरा गर्न पाएको बताउँछन् । ‘आर्थिक समस्या भएर शिक्षामा लगानी गर्न नसक्ने अधिकांश छात्राहरु यहाँ पढ्न पाएका छन्’ उनी भन्छन्, ‘घरको जोहो गर्न पनि हम्मेहम्मे परिवारले पनि आफ्ना छोरीहरुलाई ओभरसियर, इञ्जिनियरिगं पढाइरहेका छन् ।’

कलेजले छोरीहरुलाई प्राविधिक शिक्षा निःशुल्क गरकाले यो विषय पढ्ने छात्राहरुको संख्या धेरै भएको उनले सुनाए । ‘कलेजमा ७० प्रतिशित बढी विद्यार्थी छात्रा छन्’ उनले भने, शिक्षालाई निःशुल्क गरेपछि प्राविधिक विषयमा छोरीहरुको आर्कषण बढेको छ ।
उनले पढाईमा सजहताका लागि छात्रावास समेत निर्माण गरिएको बताए ।

तुलसीपुरका मेयर टिकाराम खड्काले छोरी पढाउँने संस्कृति विकास गर्न पनि निःशुल्क अध्यापन गराउँदै आएको बताए । ‘छोरीको शिक्षामा खर्च गर्न नसक्ने वा नचाहेन परिवार अझै पनि छ, उनले भने, ‘छोरीहरुलाई पढ्ने कुराबाट बञ्चित नगराउन र छोरी पढाउँने संस्कृति विकास गर्न निःशुल्क पढाई रहेका छौं ।’ उनले उपमहानगरले आफ्नो क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न छोरीहरुमा लागनी गरिरहेकोे सुनाए ।

०७२ सालमा नयाँ मुलुक संविधान जारी भएर आएका स्थानीय तहले आफ्नो अधिकार प्रयोग गदैै केही उदाहरणीय काम गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै शिक्षामा उल्लेखनीय काम गरेको छ । मावि तहसम्मको शिक्षालाई स्थानीय तहसम्म ल्याएसँगै उपमहानगरपालिले आफै प्राविधिक शिक्षालय सञ्चालन गरी छोरीहरुलाई निःशुल्क र अन्यलाई कम शुल्कमा प्राविधिक विषय पढाइ रहेको छ ।

०७६ सालमा तत्कालिन मेयर घनश्याम पाण्डेले सुरु गरेको यो कलेजको अहिले आफ्नै भवन छ । तुसलीपुर उपमहानगरपालिकाबाट सञ्चालीत यो कलेजलाई संघ र प्रदेश सरकारले समेत सहयोग गरेका छन् । १० विघा क्षेत्रमा रहेको कलेजको प्रदेश सरकारको सहयोगमा ९ करोडको लागतमा हालै आफ्नै भवन बनेको छ ।

 

कम शुल्कमा प्रविधिक शिक्षा

तुलसीपुरको मेट्रो कलेजले छोरीहरुलाई निःशुल्क शिक्षामात्र हैन, कम शुल्कमा प्राविधिक शिक्षाहरु पनि दिइरहेका छ । आर्थिक स्थिती कमजोर भएकाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउन उपमहानगरले विद्यार्थीहरुलाई कम शुल्कमा प्राविधिक शिक्षा दिइरहेको छ । त्यसका लागि पालिकाले संघ र प्रदेश सरकारसँग सहयोग लिने गरेको छ ।

कलेजले अध्यापन गराउँदै आएको तीन वर्षका डिप्लोमा प्राविधिक विषयमा १ लाख रुपैया शुल्क लिने गरेको छ । जुन् अनेत्रको हेरी कम शुल्क भएको कलेज सञ्चालक समितिका अध्यक्ष नगरप्रमुख टिकाराम खड्काले बताए । ‘सबैको पहुँचमा प्राविधिक शिक्षा हुन सकोस् भनेर हामीले शुल्क कम गरेका छौं’ नगरप्रमुख खड्काले भने । उनले तुलसीपुर क्षेत्रका लागि चाहिने प्राविधिक जनशक्ति उत्पादन गर्न शुभल शुल्कमा प्राविधिक शिक्षा दिइरहेको बताए ।

त्यस्तै प्रिडिप्लोमा तहका इलेक्ट्रिकल इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग र सूचना प्रविधिको विषयहरु त कलेजले निःशुल्क पढाउँदै आएको छ । परियोजनामार्फत सञ्चालन भएका यी कार्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३ हजार, पोसाक र बिमा सुविधासमेत कलेजले उपलब्ध गराउँदै आएको कलेज प्रमुख वसन्त आचार्यले बताए । ‘अति विपन्न वर्गका छात्रहरुलाई, जोसँग पढ्नलाई समेत पैसा छैन, उनीहरुलाइ निःशुल्क पढाउँदै आएको छौं ।’ कलेज प्रमुख आचार्यले भने ।

पालिकाले सञ्चालन गरेको कलेज भएकाले अनेत्र भन्दा प्राविधिक विषय कम शुल्कमा पढाउन सम्भव भएको कलेज प्रमुख आचार्य सुनाउँछन् । त्यस बाहेक विभिन्न तहका सरकारले पनि सहयोग गर्ने गरेकाले शुभल मुल्यमा प्राविधिक शिक्षा पढाउन सहज भएको उनले सुनाए ।

प्राविधिक विषयसँगै कलेजमा २०७७ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको साझेदारीमा बिएएलएलबीको पनि अध्यापन भइरहेका छ । उनले उक्त विषय पनि कम शुल्कमा पढाई रहेको बताउँछन् । कलेजले पाँच वर्षको चार लाख रुपैयामा अध्यापन गराइरहेको बताए । ‘विद्यार्थीले चारलाख तिरेपछि सबै सुविधा हामीले दिन्छौ, त्यो बाहेक कुनै पनि बहानामा केही शुल्क लिदैनांै’ कलेज प्रमुख आचार्यले भने । एकातिर सस्तोमा पढ्न पाउने अनि अर्कातिर आफ्नै आँगनमा पढ्न पाउने भएको हुँदा स्थानीयवासीहरुले सहज भएको उनी सुनाउँछन् ।

सौलियतमा पढ्न पाइने भएपछि मेट्रो कलेजमा देशैभरका ३५ जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका छन् । कलेजमा बाजुरा, वैतडी, डडेलधुरा,जुम्ला, मुगु, कालिकोट, रोल्पा, रुकुम, सल्यान,बाँके, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, गुल्मी, सिराहा, बारा लगायतका विद्यार्थीहरु अध्ययन गर्न आएको क्याम्पस प्रमुख आचार्यले बताए ।

 

Blog Post Ad Blog Post Ad