Ad Area

क्यानको केन्द्रीय सदस्यमा मजगैया निर्वाचित


दाङ,६ असोज । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सदस्यमा दाङका प्रदीप मज्गैँया निर्विरोध निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको क्यानको महाधिवेशनमा लुम्बिनी प्रदेशबाट मजगैंया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

प्रदेशबाट एक जना केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार मजगैयाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको लम्विनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् । दाङ क्रिकेट संघका अध्यक्ष समेत रहेका मजगैया जिल्लामा क्रिकेट क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि संक्रिय भूमिका खेल्दै आएका छन् ।

महाधिवेशनबाट क्यानको केन्द्रीय अध्यक्षमा दोश्रो कार्यकालका लागि चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्कालगायत निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी पनि निर्विरोध निर्वाचि भएका थिए भने सचिवमा निर्वाचन भएको थियो ।

शनिबार काठमाडौंमा भएको निर्वाचनमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ४८ मत ल्याउँदै सचिवमा निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत मात्रै प्राप्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad