Ad Area

हापुर माविमा विव्यस र शिक्षक अभिभावक संघ गठन


घोराही,९ असोज । घोराही उपमहानगरपालिका–१२ मा रहेको हापुर माध्यामिक विद्यालय निधुवारमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर परियारको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दोर्ण बहकरीको प्रमुख आतिथ्यतामा भएको मंगलवार भएको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको हो ।

भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा मेनका चौधरी,अर्जुन परियार, सरस्वता केसी (बस्नेत) र मोतिलाल वलीलाई चयन गरेको छ । भेलाले चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्य चुनेको र बाँकी थप गरेर विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने भएको छ ।

त्यसैगरी भेलाले कृष्ण चौधरीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यमा सीमा चौधरी, गुरुप्रसाद चौधरी,पार्वती नेपाली, बसन्ती चौधरी, रेणु नेपाली, कौशिला परियार र बसन्तनाथ कुवर रहेका छन् । भेलामा बोल्ने बक्ताहरुले विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तरमा सुधार गर्दै बालबालिकालाई प्रविधिमैत्री शिक्षा सिकाउनमा विद्यालयले जोड गर्नुपर्ने बताएका थिए । त्यसका लागि सवै क्षेत्रको विद्यालयलाई साथ र सहयोग आवश्यक रहनुपर्ने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शिक्षा अधिकृत नारायणप्रसाद पौडेल, घनश्याम वली, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका १२ का वडा सभापति बाशुदेव गौतम, नेकपा एमाले घोराही १२ का अध्यक्ष जोगेन्द्र विष्ट, नेकपा माओवादी केन्द्र घोराही १२ का अध्यक्ष मनप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेले विद्यालयको समग्र भौतिक तथा शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रधानाध्यापक न्यौपानेले शैक्षिक गुणस्तर सुधारका लागि सवैको प्रयास आवश्यक रहेको बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनको प्रक्रियाका बारेमा शिक्षक हेमन्त गौतमले सहजीकरण गरेका थिए । विद्यालयकी शिक्षिका शारदा घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक थानेश्वर अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad