Ad Area

निःशुल्क शिक्षा, कृषिमा किसानलाई प्रोत्साहन : अध्यक्ष गिरी [अन्तर्वार्ता]


पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको लमही नगरपालिका वडा नम्बर ७ ले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सडक, कृषि र खेलकुदलाई प्राथमिकता दिएको छ । शिक्षामा बालबालिकालाई प्रोत्साहनका लागि वडामा निःशुल्क शिक्षाको व्यवस्थासँगै सवओभरसियर, आर्किटेक इन्जिनियर, बाली विज्ञानसँगै स्नाकोत्तरसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको छ ।

शिक्षाबिना समृद्ध समाजको विकास हुन नसक्ने भएकाले बालबालिकामा लगानी गरिरहेको वडाले पढेका युवायुवतीलाई सरकारी जागिरमा लाग्नका लागि प्रोत्साहन गर्ने गरी निःशुल्क लोक सेवाको तयारी कक्षा समेत सञ्चालन गर्ने गरेको छ । जसबाट गाउँमै धेरैले पढ्दै आएका छन् । त्यससँगै कृषिको आधुनिकीकरणका लागि किसानलाई तालिम, उन्नत जातको बिउ वितरणसँगै तरकारी सङ्कलन केन्द्र स्थापना गरेको छ ।

कृषिमा तरकारी खेती, दुध उत्पादन र बाख्रा पालनको राम्रो सम्भावना भएको क्षेत्रलाई कृषिमा नमुना वडाका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका लमही नगरपालिका प्रवक्ता समेत रहेका लमही नगरपालिका वडा नं ७ का अध्यक्ष मोहन गिरीसँग गरिएको कुराकानीको सार संक्षेप ।

 जनताले महसुस गर्नेगरी वडाको विकासका लागि के काम गर्नुभयो ?

 वडाको विकास लागि भौतिक पूर्वाधारसँगै मानवीय विकासका कामलाई प्राथमिकता दिएर काम गर्दै आएका छौँ । जसअन्तर्गत वडाका दशवटै टोलहरूमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारको विकास गरेका छाँै । केही ठाउँमा यो वर्ष पनि काम हुँदैछ । वडाका सबै टोलहरू छुने गरी कमानपुरदेखि हस्नापुर–वनघुर्सी–फचकपुर हुँदै उचानिम्वु चोड्ने रिङरोड निर्माणको काम पनि भइरहेको छ ।

यसैगरी कृषिको विकासका लागि किसानलाई तालिम, उन्नत जातको बिउ वितरणसँगै सिँचाईका लागि प्रयास भइरहेको छ । तरकारी खेतीका लागि राम्रो सम्भावना भएको ठाउँ भए पनि सिँचाईको व्यवस्था नहुँदा किसानहरूले राम्रो उत्पादन लिन सक्नु भएको छैन । अर्जुनखोलामा बाध बाधेर सिँचाईको व्यवस्था गर्नका लागि डिपिआर निर्माण भए पनि काम अघि बढ्न नसक्दा सिँचाईको व्यवस्था हुन सकेको छैन । किसानलाई खेतीका लागि आवश्यक पर्ने मल, पानी र बिउको समय मै व्यवस्था गर्न सके मात्रै पनि किसानलाई धेरै राहत हुने थियो । शिक्षाका क्षेत्रमा पनि राम्रो काम गरिरहेका छाँै ।

Blog Post Ad

 शिक्षाको विकासका लागि के–के काम गर्नुभएको छ ?

 म दोश्रो कार्यकालका रूपमा वडा अध्यक्षमा निर्वाचित भएपछि मेरो मुख्य ध्यान शिक्षाको विकासमा रहेको छ । कुनै पनि नागरिक शिक्षित नहुँदासम्म समाजको विकास हुन सक्ने रहिन्छ । अशिक्षाका कारण समाजमा खराब गतिविधि हुने र समाज अघि बढ्न नसक्ने भएकाले गतवर्षदेखि कुनै पनि बालबालिकाहरू अध्ययन गर्नबाट बञ्चित नहुनु भनेर पूर्णरूपमा निःशुल्क शिक्षाको व्यवस्था गरेका छौँ ।

हाम्रो वडाका सामुदायिक विद्यालयमा पढ्नलाई एक रूपैयाँ लाग्दैन, बालबालिकाहरूले निःशुल्क रूपमा पढ्न पाउने छन् । त्यसका प्राविधिक शिक्षातर्फ सवओभरसियर, आर्किटेक इन्जिनियर र बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीसँगै व्याचलरसम्म अध्ययन गर्ने विद्यार्थीहरूले वडाको सहयोगमा निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । जसअन्तर्गत सवओभरसियर १२ जना, कृषि १८ जना, आर्किटेक इन्जिनियर २ जना र करिब १६ जना जतिले व्याचलर अध्ययन गर्दै हुनुहुन्छ ।

उहाँलाई भर्ना शुल्कदेखि मासिक फिको काम समेत वडाले तिरिदिने गरेको छ । पढाईसँगै जागिरका लागि पनि सहयोग गर्नुपर्छ भनेर वडाले ६८ जनालाई लोकसेवाको तयारी कक्षा समेत पढाउँदै आएको छ । शिक्षामा आजको लगानी भोलीको प्रतिफल हो भनेर हामीले बालबालिकाको उज्वल भविष्यका लागि लगानी गर्ने काम गरेका छाँै । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने छाँै ।

 यी कामसँगै वडाको विकासका लागि अन्य के काम गर्दै हुनुहुन्छ ?

 भौतिक पूर्वाधारसँगै मानवीय विकासका लागि विगतका वर्षहरू जस्तै यो वर्ष पनि विकास निर्माणका कामहरू हुनेछन् । त्यसका साथै वडामा देखिने गरी सिँचाईको व्यवस्था, वडाका सम्पूर्ण टोलहरूलाई छुने गरी रिङरोड, शिक्षासँगै खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान निर्माण, किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिको आधुनिकरण गर्नका लागि तालिमलगायतका कामहरू गर्ने छौँ ।

कृषि क्षेत्रको विकासबिना वडाका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिने भएकाले कृषिमा तरकारी खेती, पशुपालन, कुखुरापालन, दुध उत्पादक किसानहरूलाई छुट्याएर तालिमसँगै प्रोत्साहनका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी वनघुर्सीमा रहेको होमस्टेलाई व्यवस्थीत गर्दै बाह्य तथा आन्तरिक पर्यटनहरूको आकर्षणको केन्दका रूपमा विकास गर्ने साँेचमा छौँ ।

यसैगरी राप्ती नदीका कारण धेरै जनताहरू समस्यामा हुनुहुन्छ । नदीले बर्षेनी खेती योग्य जग्गा कटान गर्ने गरेका कारण धेरै समस्या छ । त्यसका लागि तटबन्धन गर्न आवश्यक छ । तटबन्धनका लागि कुरा पनि भएको छ, तर काम हुन सकेको छैन । जति सक्यो चाडै काम गरेर जनताको खेतबारी बचाउन आवश्यक छ ।

 विकासको काम गरिरहँदा जनताको चाहना कस्तो पाउनुभयो ?

 जनताको चाहना कृषि, शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रहरूको विकास निर्माणमा रहेको छ । सडक पूर्वाधारअन्तर्गत विकास निर्माणका धेरै काम गरिसकेका छाँै । शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासका लागि पनि काम गरिरहेका छाँै । यीसँगै वडाबासी नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि कृषि क्षेत्रको विकास गर्न आवश्यक छ, किसानले उत्पादन गरेका उत्पादकको बजारीकरणमा ध्यानदिनु पर्ने आवश्यक छ ।

वडाबासी जनताको पनि त्यही अनुसारको माग रहेको छ । त्योसँगै हाम्रो वडामा औद्योगिक ग्राम पनि घोषणा भएको छ । त्यसका लागि अहिले तारबार गर्ने काम सुरु भएको छ । त्यसलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न सकेमा वडामै धेरै नागरिकले रोजगारीका अवसरहरू समेत सिर्जना गर्नेछन् । त्यसतर्फ पनि हामीले ध्यान दिएका छाँै ।

 वडामा विकास निर्माणका काम गर्दा के–कस्ता चुनौतीहरू देखिन्छन ?

 काम गर्दा चुनौतीहरू देखिने गरेका छन् तर ती चुनौतीहरूलाई अवसरका रूपमा लिएर काम गर्ने गरेका छाँै । विकास निर्माणका कामहरू गर्दा एउटा मापदण्ड हुन्छ, जस्तै सडक निर्माण गर्दा कम्तीमा आठ मिटर हुनुपर्ने मापदण्ड छ । त्यसका लागि जनतालाई सडक पनि चाहिन्छ तर सडकका लागि आवश्यक जग्गा दिन चाहान्नुहुन्न, आफ्नो वडा, टोल, बस्तीमा भएका विकास निर्माणका योजनाहरू आफ्ना हुन भन्ने अपनत्व हुँदैन, वडाले बनाएका विकास निर्माणका काम, रोपेका बिरुवालगायतका काम संरक्षण गर्ने दायित्व पनि वडाका हुन भन्ने जस्तो गर्नुहुन्छ । यी समस्याका बाफजुत पनि वडाका जनप्रतिनिधि, कर्मचारीहरू लागेर विकास निर्माणका कामहरू गरिरहेका छाँै ।

 तपाई त नगरको प्रवक्ता पनि हो, नगरको समग्र विकासका लागि के–के कामहरू गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?

 लमही नगरको विकासका धेरै काम गर्नुपर्ने आवश्यकताहरू छन् तर जनप्रतिनिधिहरूका बिचमा एकरूपता नहुँदा अहिलेसम्म हुन सकेका छैनन् । लमही बजारलाई व्यवस्थीत, सफा र स्वच्छ सहरका रूपमा विकास गर्नका लागि फोहोर उचित व्यवस्थापन गर्न आवश्यक छ, अटोभिलेजको व्यवस्थापन गर्नुपर्ने छ, तरकारी बजारको आवश्यकता छ । मैले पहिलो कार्यकालदेखि नै यी विषयहरूलाई उठाउँदै आएको छ, कतिपय कुराहरूमा निर्णय पनि भएका छन् तर कार्यान्वयन हुन सकेका छैनन् । जसले गर्दा चाहेर पनि देउखुरीको मुख्य सहरका रूपमा रहेको लमहीलाई व्यवस्थीत सहरका रूपमा विकास गर्न सकेका छैनौँ ।

 अन्त्यमा के भन्नुहुन्छ ?

 वडामा भएका र गर्नुपर्ने धेरै विकास निर्माणका कामहरूका बारेमा भनिसकेको छु । पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको पहिलो वर्षमा शिक्षा, सडक, स्वास्थ्य, विद्युतीकरण, खानेपानी, कृषि लगायतका क्षेत्रमा धेरै काम गरेका छौँ । वडा र वडाबासीको विकासका लागि हामीले गरेका कामका बारेमा सञ्चार माध्यमबाट राख्ने अवसर दिएकोमा धेरै धन्यवाद दिन चाहन्छाँै, आगामी दिनमा पनि वडाको विकासका लागि सहयोग गर्नु हुनेछ भन्ने आशा छ ।

Blog Post Ad Blog Post Ad