Ad Area

‘राष्ट्रियहित विपरित एमसीसी सम्झौता’


घोराही,१८ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सीले एमसीसी सम्झौता संसदमा पास भएपनि नेपाली जनताले पास नगरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टी पिबिएम सन्देश सी एमसीसी परियोजनाबारे नेपालमा गरिएको प्रचार गलत भन्दै चिन शक्तिशाली रुपमा उदयमान भइरहेको हुँदा अमेरिकाले चीनलाई घेर्ने रणनीतिअनुसार एमसीसी सम्झौतालाई योजनाबद्द ढंगले अगाडि बढाएको बताए ।

एमसीसीमार्फत नेपालमा अमेरिकी सेनाहरु आएर चीनका विरुद्धमा गतिविधि गर्ने र संयुक्त शैन्य अभ्यास अगाडि बढाउँदै नेपालको राजनीति घटनाक्रमलाई परिवर्तन गरेर जेलेन्स्की खडा गर्ने र नेपाललाई युक्रेन जस्तो बनाउने अमेरिकाको योजना रहेको नेता सन्देशको स्पष्ट पारे । ‘जेलेन्स्की प्रवृत्ति हो र त्यो प्रवृत्ति नेपालमा अमेरिकी साम्राज्यवादले ल्याइदिएको छ’,उनले भने,‘जेलेन्स्की प्रवृत्तिलाई सत्तामा ल्याउने र चीनविरुद्ध अमेरिकाले लडाइ लड्ने र एसियाको युक्रेन रुपमा नेपाललाई अगाडि बढाउने योजनासहित एमसीसीलाई अगाडि बढाइएको छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङ सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य,नेकपा मसाल दाङका भरत भण्डारी,रामप्रसाद जैसी, राष्ट्रिय स्वतन्त्र पार्टी दाङका संयोजक भक्त डाँगी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधि अम्मर खड्का, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, राप्ती इञ्जिनियरिङ क्याम्पस प्रवन्ध निर्देशक डा. भिमसेन गिरी, बेलझुण्डी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बंशीधर आचार्य, अखिल (क्रान्तिकारी) दाङका सदस्य खुम रिजालले पार्टीको स्वार्थ भन्दामाथि उठेर एमसीसी परियोजनाको बिरोध गर्नुपर्ने र देश बचाउनुपर्ने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इञ्चार्ज प्रदीप सीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad