Ad Area

खाद्यले दशैं लक्षित खसी बोका खरीद नगर्ने, सुपथ पसलको पनि छैन टुंगो


 

घोराही। दाङमा यो वर्ष दशैं लक्षित खसी बोका खरीद नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म पनि परिपत्र नगर्दा खरीद प्रकृया ढिलो हुने भएपछि दशैं लक्षित खसी बोका खरीद गर्न नसकिने तुलसीपुरका मुख्य शाखाले जनाएको छ ।

दशैं भित्रिन अब १३ दिन मात्रै बाँकी छ । घटस्थापना २८ गते भएकाले यो बेलामा खसी बोका खरीदको प्रकृया भईसक्नु पर्नेमा हुन ढिलाई भएको छ । समय निकै थोरै भएकाले पनि प्रकृया पूरा गर्दा दशैं अगावै नभ्याईने अवस्था आएको प्रमुख तिलक सुनारले जानकारी दिए ।

विगतका वर्षहरुमा केन्द्रबाट समयमै परिपत्र भई खसी बोका खरीद गर्ने गरिएकोमा यो पटक अहिलेसम्म केन्द्रबाट कुनै जानकारी नआएको उनले बताए । ‘आजसम्म परिपत्र नभएकाले हामीले आफ्नै ढंगले काम गर्ने कुरा पनि भएन । परिपत्र आयो भने पनि प्रकृया पूरा गर्न समय लाग्छ’, खाद्य कार्यालय तुलसीपुरका मुख्य शाखा प्रमुख सुनारले भने, ‘परिपत्र आएपछि सूचना जारी गरेर टेण्डर गर्नुपर्छ, टेण्डर गरेको दुई सातापछि बल्ल खरीद गर्न बाटो खुल्छ ।’

‘अब प्रकृया अघि बढाउँदा पनि दशैं अघि सम्भव छैन’ उनले भने ‘सयोँ खसी बोका दशैं अगावै काठमाडौ पठाउने गरेको दाङको खाद्य संस्थानले यो पटक सम्भव भएन ।’

हरेक वर्ष दाङबाट दशै, तिहार, छठपर्वको लागि खसीबोका पठाइन्थ्यो । यस वर्ष दाङबाट कति खसी बोकाको माग हुने त्यो पनि टुंगो लागेको छैन ।

Blog Post Ad

दाङ लगायतका स्थानका खसी बोकाले काठमाडौंको चाडपर्व धान्ने गरेको थियो । काठमाडौंमा ६० हजार भन्दा बढी खसी आवश्यक पर्ने गरेको छ ।

२०७८ मा दाङबाट १ हजार खसी बोका खरिद गरी काठमाडौं पठाइएको थियो । गत वर्ष पनि करीव ८ सय बढी खसी बोका खरीद गरी काठमाडौ पठाएको तथ्यांक छ ।

उनले दशैंका लागि खरिद हुने खसी अब तिहार लक्षीत हुने बताए । कृषकले खाद्य कम्पनीलाई तिहारका लागि मात्रै खसी बोका बिक्रि गर्न सक्ने अवस्था रहेको खाद्य कार्यालय तुलसीपुरका प्रमुख सुनारले बताए । अब तिहार लक्षित खसी बोका दाङले खरीद गरी काठमाडौ पठाउने छ, यसका लागि कृषकले पनि धैर्य गर्नुपर्ने हुन्छ’, ृउनले भने ‘माग कति आउँछ त्यो पनि थाहा छैन त्यसैले यति मात्रामा खरीद हुनेछ भन्न सक्ने अवस्था छैन । तर तिहार लक्षित खसी बोका खरीद अवश्य हुन्छ ।’

सुपथ पसल पनि अन्यौलमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङ शाखा र साल्ट ट्रेडिङ कम्पनीले दशैँतिहार लक्षित सुपथ मुल्यको पसल सञ्चालनबारे अझै बोलेका छैनन् । २१ गते आउन अब ६ दिन मात्रै बाँकी छ ।

गत वर्ष असोज १ गतेबाट शुरु भई छठ पर्वसम्म संचालन गरिएको सुपथ मुल्यको पसल यो वर्ष संचालन बारे केन्द्रबाट परिपत्र नभएकाले आफुहरु अन्यौलमा परेको शाखा प्रमुखहरुको भनाई छ ।

चाडपर्वको अवसर पारेर आम उपभोक्तालाई लक्षित गरि खाद्यले दाङसहित देशका विभिन्न ४१ जिल्लाका ४४ वटा बिक्रि केन्द्रहरुबाट दशै तिहार लक्षित सहुलियतको पसल संचालनमा ल्याउने बताईए पनि दाङमा अझैसम्म कुन कुन बस्तु बिक्रि गर्ने र त्यसमा कति छुट दिने बारेमा जानकारी नआएको कार्यायले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दाङका प्रमुख तिलक सुनारले विगत वर्षहरुमा सहुलियत पसलमा चामल स्टीम जिरा, सोना मनसुली, बासमति चामल, खसीबोका खरिदबिक्रि गरिए पनि यो वर्ष आफहरुसँग चामल मात्रै रहेको बताए । उनका अनुसार, हाल गोदाममा सोना मन्सुली चामल ४ सय ३६ दशमलव ७५ क्वीन्टल र स्टिम जिरा चामल ५ सय ५ दशमलव २५ क्वीन्टल गरी जम्मा ९ सय ४२ क्वीन्टल मात्रै चालक स्टक छ ।

शाखाले चामल नियमित रुपमा बिक्रि गर्दै आएकाले यो निरन्तर रहने जनाएको छ । खाद्यको दाङ शाखाले कर्णाली प्रदेशमा पनि सहुलियतमा चामल बिक्रि गर्दै आएको छ । साल्ट ट्रेडिङले पनि आफुसँग नुन बाहेक अरु स्टक नरहेकाले हाललाई केन्द्रको परिपत्र कुरेको बताए ।

Blog Post Ad Blog Post Ad