Ad Area

बालुवा चोरी गर्दै गरेका ट्याक्टर र टिप्पर नियन्त्रणमा


दाङ,२५ असोज । अबैध तरिकाले बालुवा ढुवानी गर्दै गरेको एउटा ट्याक्टर, टिप्पर र जेसिवीलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिका ६ अर्जुनखोला दोभानबाट विहीवार करिब ५ बजेको समयमा बालुवा भरेर फर्किदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जानकारी दिएका छन् । उनका अनुसार विहीवार नै लमही नगरपालिका ८ गिधिनियाबाट एउटा टिप्पर र जेसिवी नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा संकलन गरेर राखेको बालुवा मंगलबार लमही नगरपालिकाको टोलीले नापजाँच गरेर फर्किएको थियो । आज बेलुका सोही बालुवा ढुवानी गर्न लागेको सूचना प्राप्त भएपछि लमही नगरपालिकाको टोली गिधिनिया घाटमा पुगेर टिप्पर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ट्याक्टर वडा प्रहरी कार्यालय लमही, टिप्पर र ट्याक्टर प्रहरी चौकी सतबरियाको नियन्त्रणमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad