Ad Area

अलपत्र नमूना थारुग्राम,भत्किन थाले घर


घोराही, २७ असोज । थारु जातीको मौलिक घरसँगै कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिव १३ बर्ष अघि स्थापना भएको सिसहनिया नमूना थारुग्राम अलपत्र बन्दा घरहरु भत्किन थालेका छन् ।

नमूना थारुग्रामको सञ्चालन र संरक्षणमा ध्यान नदिदा २०६५ सालमा निर्माण गरिएक घरहरु भत्किन थालेका हुन । स्थापना भएपछि करिव ५÷६ बर्ष राम्रोसँग सञ्चालन भएपनि त्यसपछि नमूना थारुग्राम बन्द भएको नमूना थारुग्राम सञ्चालन समितिका पूर्व अध्यक्ष बेझलाल थारु बताउँनुहुन्छ ।

थारु जातिको परम्परागत घरहरु, उनीहरुले प्रयोग गर्ने भाडाकुडा, लगाउने कपडा, बोलिने भाषा , बसाईसराई झल्काउने चित्रहरुसँगै अन्य विभिन्न कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले तत्कालिन जिल्ला विकास समितिले तीन लाख १५ हजार रुपैया खर्च गरेर घोराही उपमहानगरपालिका वडा नं. ७ सिसहनियामा नमूना थारुग्राम स्थापना गरेको थियो । करिव पाँच विगाह क्षेत्रफलमा नमूना थारुग्रामसँगै संग्रालय स्थापना गर्नेगरी थारु जातीका परम्परागत पाँच वटा घरहरु निर्माण गरिएको भएपनि स्थानीय सरकारले त्यसलाई सञ्चालनमा ध्यान नदिदा नमूना थारुग्राम अलपत्र परेको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार थारु समुदायका परम्परागत घर निर्माणसँगै भित्तामा थारु जातीसँग सम्वन्धीत विभिन्न चित्रहरु समेत बनाइएको थियो । घरमा भित्तामा घोडा, हात्ति, माछाहरुको चित्रहरु, थारुले सिखर बोकेका चित्रहरुसँगै घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्रीहरु राखिएको सिसहनिया नमूना थारुग्रामका अध्यक्ष चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार उक्त स्थानमा धान कुट्नलाई प्रयोग गरिने ढिकी, चाखीसँगै तेल पेल्नलाई प्रयोग गरिने कोल समेत पहिलो राखिएको थियो तर अहिले ती सामाग्री कहाँ छन भन्ने थाहा नभएको बताउनुभयो । पूर्व अध्यक्ष चौधरीले भन्नुभयो, ‘थारु जातिका परम्परागत पाँच वटा घरहरु बनाएर करिव पाँच विगाह जमीनलाई नमूना थारुग्रामका रुपमा विकास गर्ने प्रयास गरिएको थियो । केही समय सञ्चालन पनि भयो तर पछि चल्न सकेन ।’

होमस्टे सञ्चालनका लागि नयाँ पुस्तामा आवश्यक ज्ञानको अभावसँगै नमूना थारु ग्रामलाई विकास गर्न स्थानीय समुदायले चासो नदिदा अलपत्र परेको उहाँ बताउनुहुन्छ । स्थापनासँगै केही समय त्यहाँ पुग्ने पाहुनाहरुलाई थारु खाना, रितिरिवाजका बारेमा जानकारी दिनेसँगै मनोरञ्जनकालागि नृत्य समेत देखाईने गरेपनि गरिएको थियो । उहाँका अनुसार सुरुमा त्यस ठाउँमा घुम्न जाने पाहुनालाई बास बस्नका लागि व्यवस्था गरिएको थियो ।

Blog Post Ad

नूमना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु संग्रालह स्थापना गरिने, ग्रीनपार्कलगायतकाक संरचनाहरु निर्माण गर्ने भनिएपनि अहिलेसम्म कुनैपनि संरचना निर्माण नहुँदा १३ बर्षदेखि नमूना थारुग्राम अलपत्र बन्न पुगेको उहाँले बताउनुभयो ।
थारु जातीहरुको इतिहास, सस्कृति र रितिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घरहरु निर्माण गरिएपनि आर्थिक अभावका कारण नमूना थारुग्राम सञ्चालन हुन नसकेको स्थानीयवासी बताउँछन् ।

स्थानीय सरकारले सहयोग गरे नमूना ग्रामलाई सञ्चालन गर्न स्थानीय भुवन चौधरी बताउनुहुन्छ । उहाँले दुई घरमा मानिसहरु बस्ने भएका कारण अलि राम्रा भएपनि अन्य घरहरु भत्किने अवस्थामा पुगेको बताउनुहुन्छ । तर घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरी भने स्थानीयको बेवास्थाका कारण नमूना थारुग्राम अलपत्र परेको बताउनुहुन्छ ।

वडा अध्यक्ष चौधरीले भन्नुभयो,‘राज्यले लगानी गरेर बनाएको नमूना थारुग्रामको संरक्षण र संञ्चालन गर्न स्थानीय जागरुक हुन आवश्यक छ । तर सिसहनियामा स्थानीयको चासो नहुँदा नमूना थारुग्राम अलपत्र परेको छ ।’ दुईबर्षअघिसम्म नमूना थारुग्रामका लागि स्थानीय सरकारका रुपमा उपमहानगरपालिकाले बजेट छुट्याएर पनि स्थानीयले चासो नदिदा विगत दुई बर्षदेखि बजेट पनि छुट्याउन नसकिएको बताउनुहुन्छ ।

 

Blog Post Ad Blog Post Ad